गाउँमा बिरामी बोक्ने स्ट्रेचर पनि छैन
दार्चुला : जिल्लाको मालिकार्जुन गाउँपालिका वडा न २ न्वालपानीकि एक महिलालाई सुतकेरी ब्यथा लाग्यो । सुतकेरी ब्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्याउन न त बाटो घाटो नै राम्रो छ नत स्टेचर नै गाउँ मा छ ।
बिहीबार रातीदेखि ती महिलालाई ब्यथा लागेको भए पनि उचित सामग्री नभएर स्वास्थ्य चौकी पुर्यान ढिला भयो। ती महिलालाई स्ट्रेचर नभएर खाटको डोरीमा बोकेर स्वस्थ्य चौकी लगिएको मालिकार्जुन गाउँपलिका २ का स्थानीय प्रकाश सिंह धामीले बताए।
उनले गाउँमा सिंह दरबार आयो भनिए पनि मालिकार्जुन पालिकको अवस्था दयालाग्दो भएको बताए। गाउँ न्वालपानीमा कम्तिमा ७० परिवारको बस्ने तर उक्त बस्तीमा एउटा स्ट्रेचर समेत नभएको उनको भनाइ छ।
देश संघीय प्रणालीमा गए पनि दुर्गमका जन्ताले भने कहैलै सुख भोग गर्न नपाएको गुनासो उनले गरे। 'सडक छैन, बिजुली छैन,पिउने पानी छैन । 'हजारौं समस्यासित दुर्गमका जनताले अकलमै ज्यान गुमाउनु परेको छ । यस्तो अवस्था आउँदासम्म मालिकार्जुन गाउँपालिकाको भने कुनै ध्यान गएको छैन,' उनले भने।
दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा न २ मा सुत्केरी ब्यथा लागेकी महिलालाई नजिकको स्वास्थ्य चौकी लग्न स्ट्रेचर नभएर डोरीको प्रयोग गरेर लाँदै स्थानीय ।
प्रतिक्रिया दिनुहोस !