खेर जाने वस्तुबाट तयार पारिएको सामग्री प्रदर्शन
भक्तपुर : भक्तपुरमा खेर जाने वस्तुबाट तयार पारिएको सामग्री प्रदर्शन गरिएको छ।
भक्तपुरस्थित एभरेष्ट इंगलिश स्कुलका विद्यार्थीले जाडो बिदामा गृहकार्यका रूपमा दिएको खेर जाने सामान वस्तुहरुबाट बनेको सामानको प्रदर्शनी गरिएको हो।
विद्यार्थीले खेर जाने कागज, प्लाष्टिक, प्लाष्टिकका बोटल, सिसालगायतबाट नयाँ प्रयोग गर्न सकिने र सजावटका लागि राखिने सामानहरुको प्रदर्शनी गरेका छन्।
उनीहरूले जुत्ता, सामान राख्ने बक्स, नाइट लाइट (राति बाल्ने बत्ती), कलम, पेन्सिल राख्ने कप लगायतका प्रयोग हुने तथा सजावटमा राखिने विभिन्न सामानहरू बनाई प्रदर्शन गरेका हुन्।
तीन आर अर्थात् रिड्युस, रियुज र रिसाइकल भन्ने मन्त्रका साथ कार्यक्रम गर्दै आएको स्कुलले जनाएको छ। स्कुलमा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थीले विभिन्न सामग्री निर्माण गरेका थिए।
प्रतिक्रिया दिनुहोस !