विराटनगरका सडकलाई 'नो पार्किङ जोन' बनाइँदै

विराटनगरका सडकलाई 'नो पार्किङ जोन' बनाइँदै

विराटनगर: विराटनगरको शनिमन्दिरबाट हस्पिटल चौकसम्मको क्षेत्रलाई महानगरपालिकाले पार्किङ निषेधित क्षेत्र घोषणा गरेको छ।

पार्किङ व्यवस्थापनको उद्देश्यसहित हनुमानदास रोड र रङ्गेली रोडलाई महानगरले बिहीबारदेखि 'नो पार्किङ जोन' बनाएको हो। कोशी राजमार्गसँग जोडिएको शनिमन्दिरदेखि जलजला चौकसम्मको हनुमानदास रोड र जलजला चौकदेखि हस्पिटल चौकसम्मको रङ्गेली रोडमा शुक्रबारदेखि महानगरले सबै प्रकारका सवारीसाधनको पार्किङ निषेध गरेको छ। 

पार्किङको वैकल्पिक व्यवस्थापनसहित सो शाखा सडकखण्डलाई पार्किङ निषेधित क्षेत्र बनाईएको महानगरले जनाएको छ। महानगरका अनुसार हुनमानदास रोड र रङ्गेली रोडका लागि कुल ४ स्थानमा निःशूल्क पार्किङको व्यवस्था मिलाईएको छ।

हनुमानदास रोडका लागि पुरानो गुद्री भएको इ-प्लट र बिजुली बजार अगाडिको ४ कठ्ठा जग्गामा पार्किङको प्रबन्ध मिलाईएको छ। बिजुली बजार अगाडिको जग्गा महानगरले मास्के परिवारसँग १ वर्षका लागि निःशूल्क लिजमा लिएको हो। वर्षैपिच्छे नवीकरण गर्दै जाने शर्तमा उक्त जग्गा वर्षदिनका लागि लिजमा लिईएको महानगरका प्रमुख नागेश कोईरालाले बताए। रङ्गेली रोडका लागि भने ग्रीनक्रस हस्पिटल पछाडि र सञ्चेती चिया अगाडिको जग्गामा पार्किङ गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए।

कोशी राजमार्गसँग जोडिएको मुख्य शाखा सडकखण्डहरुलाई व्यवस्थित गर्ने उद्देश्यका साथ पार्किङ निषेध गरिएको महानगरले जनाएको छ। महानगरका अनुसार अव्यवस्थित पार्किङका कारण घण्टौं जाम लाग्ने र एम्बुलेन्स समेत जाममा फस्ने लगायतका समस्यालाई दृष्टिगत गर्दै सो कदम चालिएको हो। 

‘विराटनगरका अधिकांश अस्पतालहरु हस्पिटल चौकमा छन्। हाईवे हुँदै हस्पिटल चौक जाने मुख्य सडक भनेकै हनुमानदास रोड र रङ्गेली रोड हो,’ मेयर कोईरालाले भने, ‘तर जथाभावी पार्किङका कारण यी दुई सडक जहिल्यै जाम हुने गरेका थिए। त्यसैले यी दुई सडकमा हामीले पार्किङ निषेध गरेका हौं। विकल्पमा पार्किङ स्थलको व्यवस्था पनि गरिएको छ।’

यसअघि दुईवर्ष पहिले महानगरले विराटनगरको मेनरोडस्थित हनुमान मन्दिरदेखि जलजला चौकसम्मको क्षेत्रलाई नो पार्किङ जोन घोषणा गरेको थियो। सो क्षेत्रमा अहिले पनि सडकको दुवैतर्फ पार्किङ निषेध गरिएको छ। निषेधित ठाँउमा सवारीसाधन पार्क गरे तत्कालै व्हील लक, हेल्मेट नियन्त्रण र जरिवाना लगायतका कारबाही गर्ने गरिएको छ। 

बढ्दो सवारी चाप र ट्राफिक जाम लगायतले प्रदेशको राजधानी अस्तव्यस्त बन्दै गएपछि दोस्रो चरणमा बिहीबारदेखि महानगरले शनिमन्दिरदेखि हस्पिटल चौकसम्मको एरियालाई पनि पार्किङ निषेधित क्षेत्र बनाएको छ। यसले सवारी आवागमन सहज हुनुका साथै भद्रगोल बनेको ट्राफिक व्यवस्थापन चुस्त बनाउन सघाउ पुग्ने अपेक्षा गरिएको महानगरका नगर प्रहरी प्रमुख राजन पौडेलले बताए। उनले नियम उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारबाही गरिने जानकारी दिए।

महानगरले मुख्य राजमार्गसँग जोडिएका अन्य शाखा सडकखण्डहरुलाई पनि नो पार्किङ जोन बनाउने तयारी गरिरहेको जनाएको छ। महानगरका अनुसार तेस्रो चरणमा विराटनगरको हिमालय रोडलाई पनि पार्किङ निषेधित क्षेत्र बनाउने गृहकार्य भईरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.