केही दिनमै मधेस सरकारले पूर्णता पाउँछ : मन्त्री यादव

केही दिनमै मधेस सरकारले पूर्णता पाउँछ : मन्त्री यादव

महोत्तरी : केही दिनमै मधेस सरकारले पूर्णता पाउने विना विभागीय मन्त्री सरोजकुमार यादवले बताएका छन्। 

शनिबार गौशालामा आयोजित एक कार्यक्रमकाबीच मन्त्री यादवले सहमतिकै आधारमा मधेस प्रदेशमा मन्त्रीहरू नियुक्त हुने धारणा राखेका छन्। 

नेकपा एमालेका संसदीय दलका नेता समेत रहेका मन्त्री यादवले भने, ‘मधेस सरकारलाई पूर्णता प्रदान गर्नका लागि हामी पार्टीगत रूपमा तयारी गरिरहेका छौं। सम्भवतः यसै साताभित्रमा सहमतिकै आधारमा समावेशी तवरले सरकार गठन हुन्छ। जसका लागि हामी सबै दलले सहमतिमै मन्त्रालय बाँडफाँड गर्ने कसरतमा जुटेका छौ।’

एक अर्को प्रसंगमा मन्त्री यादवले मधेस प्रदेशमा प्रतिपक्ष नहुनु सरकारका लागि सुखद एवम् ऐतिहासिक पक्ष रहेको धारणा राखेका छन्। 

उनले अगामी दिनमा पनि यसरी नै सरकार सञ्चालनका लागि सकारात्मक सहयोगका लागि हरेक दलसँग आग्रह गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.