भैरहवाको रेष्टुरेण्ट तथा डान्सबारमा पालिकाको अनुगमन

भैरहवाको रेष्टुरेण्ट तथा डान्सबारमा पालिकाको अनुगमन

भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) को कार्यालयले नगर क्षेत्रमा रहेको रेष्टुरेण्ट, मसाज सेन्टर र डान्स बारमा अनुगमन गरेको छ।

नगरवासीले नगरमा यौनजन्य क्रियाकलापले समस्या भएको गुनासो गरेपछि रेष्टुरेण्ट, मसाज सेन्टर र डान्स बारमा अनुगमन गरिएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख एवं अनुगमन समितिको संयोजक उमा अधिकारीले बताइन्।

नगरपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय रुपन्देही र मानव बेचबिखन विरुद्ध लगायत क्षेत्रमा काम गर्ने शुभ अवसर ग्राम नेपालले संयुक्त रुपमा नगर क्षेत्रमा रहेको मनकामना रेष्टुरेण्ट, स्टार रेष्टुरेण्ट, रोयल स्पा प्यालेस, होटल लुम्बिनी गेष्ट एण्ड रेष्टुरेण्ट (डान्सबार) मा शनिबार राति अनुगमन गरेको हो।

अनुगमनका क्रममा यौनजन्य गतिविधि नगरेको तर केही स्थानमा शंकास्पद गतिविधि देखिएकाले व्यवसाय संचालकलाई सचेत गराइएको उपप्रमुख अधिकारीले बताइन्।

‘यौनजन्य क्रियाकलाप हुने गरेको भन्ने स्थानहरूमा सूचनाका आधारमा अनुगमन गरेका थियौँ’ उपप्रमुख अधिकारीले भनिन, ‘केही स्थानमा शंकास्पद गतिविधि पाइएपछि व्यवसाय सञ्चालकलाई पहिलो पटकका लागि सचेत गराएका छौँ।’

केही रेष्टुरेण्टमा शंकास्पद अवस्थामा फेला परेका युवतीहरूले अनुगमन टोलीसगँ यौनजन्य क्रियाकलापमा संग्लन नभएको भन्दै अस्विकार गरेपनि उनीहरूलाई काउन्सिलङ समेत गरिएको थियो।

अनुगमनमा नगरपालिकाको कार्यालयमा मूल्यसूची नभएको, आगन्तुक दर्ता पुस्तिका नभएको, सरसफाई नभएको, कर्मचारीको परिचय पत्र नभएको, व्यवसाय कर नवीकरण नभएको, ड्रेस कोड नभएको लगायत कैफियत देखिएकाले पहिलो पटकका लागि सचेत गराइएको सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ अधिकृत एवं समाजिक विकास शाखाका प्रमुख यादवप्रसाद सापकोटाले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.