जङ्गी अड्डामा नेपाली सेनाले प्रदर्शनीमा राखेका आधुनिक हतियार (फोटो फिचर)

जङ्गी अड्डामा नेपाली सेनाले प्रदर्शनीमा राखेका आधुनिक हतियार (फोटो फिचर)

काठमाडौं: नेपाली सेनाले जङ्गी अड्डा भद्रकालीमा आधुनिक हतियार प्रदर्शनीमा राखेको छ। सेना दिवसको अवसरमा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले सेनाको गौरव झल्कने हतियार प्रदर्शनमा राखेको हो। सेनाको इतिहास, जिम्मेवारी, हातहतियार, उपकारण, पोसाक झल्कने आधुनिक हतियार माघ ६ गदेखि ९ गतेसम्म प्रदर्शनमा राखिने सेनाले जनाएको छ।

सेनाको इतिहासदेखि वर्तमानसम्म झल्काउने सामग्री प्रदर्शनी राखिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । ‘प्रदर्शनीमा नेपाली सेनाको गौरवमय इतिहास तथा वर्तमानमा नेपाली सेनाले गरेका उल्लेखनीय कार्यहरु, ऐतिहासिक हातहतियार तथा उपकरणहरु राखिएको छ ’, उनले भने, ‘सैनिक पोशाक, सैनिक व्याण्ड, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयलगायतको सामाग्री तथा फोटो प्रदर्शनीमा समावेश छ।’

नेपालको एकीकरणमा सेनाको भूमिका अहम छ। एकीकरण अभियानको सेनाको भोगाइ, अनुभव, अनुशासन तथा युद्ध रणनीति र कौशल प्रदर्शनीमा झल्कने सेनाले जनाएको छ। 


तस्बिरहरू : राजकरण महतो


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.