‘जेट स्ट्रिम’ ले उडायो काठमाडौंको प्रदूषण

वायुमण्डलको ठीकमाथि तीव्र गतिमा हावा चल्ने क्षेत्रलाई ‘जेट स्ट्रिम’ भनिन्छ। यसका कारण प्रदूषणलाई बढारेर लैजाँदा मौसम खुलेको हो ।

‘जेट स्ट्रिम’ ले उडायो काठमाडौंको प्रदूषण

काठमाडौं : विश्वव्यापी मौसम पूर्वानुमान मोडल ‘युरोपियन मोडल (ईसीएमडब्लूएफ) र अमेरिकी मोडल (जीएफएस) ले मंगलबारदेखि काठमाडौंमा पानी पर्ने देखाएका थिए। मौसम पूर्वानुमानमा यी दुवै मोडेल विश्वसनीय मानिन्छन्। तर, मौसम पूर्वानुमान मिलेन अर्थात् फेल खायो।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार मौसमी प्रणाली ‘ला नीना’ का कारण यस्तो भएको हो। ‘यो ग्लोबल प्याटर्न हो। पूर्वी प्रशान्त महासागर सामान्यभन्दा चिसो हुने प्रणालीलाई ‘ला नीना’ भनिन्छ। तातो भएमा ‘ए नीना’ भनिन्छ’ पोखरेलले भने ‘तीन वर्षदेखि ला नीना लगातार छ।’ 

पोखरेलका अनुसार ‘ला नीना’ का कारण सन् २०२०, ०२२ र २०२३ लाई सुक्खा गरायो। तर, सन् २०२१ भने खासै सुक्खा भएन। ‘ला नीना’ को प्रवृत्ति सुक्खा बनाउने हो। हुन त सन् २००८, ०९, ०१५ र २०१६ मा पनि सुक्खा थियो। तर, सुक्खा हुने क्रम पहिलाको भन्दा बारम्बार दोहोरिएको पोखरेलले जनाए। पछिल्लो अवस्थालाई मूल्यांकन गर्दा जलवायु परिवर्तनको असर हो भन्न सकिने अवस्था रहेको डा. पोखरेलले जनाए। हिउँदमा पश्चिमी वायुको प्रभावले वर्षा गराउँछ। तर, यसपटक पश्चिमी वायुसँगै अरेबियन महासागरबाट पनि आद्रता आएकाले समस्या निम्त्याएको हो। पश्चिममा पानी परे पनि जति चिसो हुनुपर्ने त्यति नहुन सक्ने अनुमान गरिएको छ। 

उपत्यकामा केही दिनदेखि मज्जाले हावा चलिरहेको छ। ‘जेट स्ट्रिम’ का कारण त्यस्तो भएको उनले जनाए। वायुमण्डलको ठीकमाथि तीव्र गतिमा हावा चल्ने क्षेत्रलाई ‘जेट स्ट्रिम’ भनिन्छ। जेट स्ट्रिमका कारण प्रदूषणलाई बढारेर लैजाँदा मौसम खुलेको हो। पोखरेलले भने ‘यतिबेला जमिन धेरै तातियो। सामान्यत सुक्खा भएपछि र जमिन तातिएपछि चैत वैशाखमा हावा चल्छ। अहिलेको हावा पनि त्यस्तै छ। दिउँसोको घाम गर्मी माघको जस्तो छैन।’

जेड स्ट्रिम अन्त सरेको भए काठमाडौैंसम्म पानी पर्न सक्ने थियो। तर, यस विषयमा राम्रोसँग विश्लेषण गर्न बाँकी रहेको उनले बताए। जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाकी वरिष्ठ मौसमविद्, इन्दिरा कँडेलले भनिन्, ‘वेस्टर्न डिस्टवेन्स’ मा अवरोध आउँदा प्रदूषण सफा भएको हो। तर, त्यसले जति पानी पर्नुपर्ने थियो। पानी पार्न दिएन।’ हिउँदे वर्षा समयमा नहुने समस्या पहिला पनि हुन्थ्यो। तर, पछिल्लो समय यो क्रम बढेको बताइन। 

त्यस्तै, जलवायुविज्ञ अजय दीक्षितका अनुसार पूर्वानुमान नमिल्नु भनेको मौसमी प्रणालीमा पक्कै केही नराम्रो भइरहेको छ भन्ने बुझिएको बताए। ‘मौसमले अनियमित व्यवहार देखाउनु राम्रो होइन। यो बेला पश्चिमी वायुले माघे झरी ल्याउनुपर्ने हो। त्यसो भएन’, दीक्षितले थपे, ‘मौसम प्रणाली के भइरहेको हो ? किन कुनै पनि सिस्टमले काम गरेन। पक्कै अर्थपुर्ण छ।’ हिउँदमा पानी नपरेको उदाहरण पहिला भए पनि पश्चिमी वायु सामान्यतया हिउँदमा आउनुपर्ने बताए।

अरबियन महासागरबाट बंगालको खाडी हुँदै मेघालयको पहाडमा ठोक्किएर पश्चिम लाग्दै नेपाल र भारतमा पानी पार्नुपर्ने हो। सहप्राध्यापक डा. पोखरेलले पहिलाको मौसम पूर्वानुमान नमिल्न थालेको र सिस्टम अप्ठ्यारो भएको बताए। उनका अनुसार हावाले तलबाट माथि ठेलेको छ। त्यसले जेट स्ट्रिम यताउता चल्न सकेन। ‘यस्तो जटिल प्रणाली अरू बेला हुँदैनथ्यो। यसपटक साह्रै जटिल भयो।

मौसम काठमाडौं नआइपुग्ला जस्तो भयो’, उनले भने।  पश्चिममा मंगलबारबाट पानी परेको छ। बिहीबार, शुक्रबार र शनिबार ब्रेक छ। आइतबारबाट फेरि अर्को प्रणाली आउँदैछ। त्यो प्रणाली पनि काठमाडौं आइपुग्न मुस्किल छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.