डुङ्गेश्वर गाउँपालिकालाई प्रविधिमैत्री बनाइँदै

डुङ्गेश्वर गाउँपालिकालाई प्रविधिमैत्री बनाइँदै

दैलेख: स्थानीय तहबाट प्रवाह हुने सेवालाई छिटोछरितो र गुणस्तरिय बनाउन डुङ्गेश्वर गाउँपालिकालाई प्रविधिमैत्री बनाइने भएको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रममै गाउँपालिकालाई प्रविधिमैत्री बनाउने नीति अघि सारेको थियो। 

नीति तथा कार्यक्रममा गाउँपालिका र गाउँपालिका मातहतका कार्यालयमा ई–हाजिरी, योजना सफ्टवेयर, सिफारिस, परिचयपत्र र विद्युतीय दर्ता चलानी सफ्टवेयर लागु गरिने उल्लेख छ । 

सोहि नीति अनुसार गाउँपालिकामा विद्युतिय ई–हाजिरी प्रणाली जडान गरि कार्यान्वयनमा ल्याईएको छ । प्रमुख प्रसासकीय अधिकृत प्रेम बहादुर डिसीले गाउँपालिकामा ई–हाजिरी जडान भईसकेको बताए । ‘कर्मचारीको नियमितता, प्रविधिमैत्री पालिका बनाउने मुख्य उदेश्यले गाउँपालिकाको कार्यालय र गाउँपालिका मातहतका ६ वटा स्वास्थ्य संस्था र ६ वटा मावी तहका सामुदायिक विद्यालयमा ई–हाजिरी जडान गरिएको छ,’ डिसीले भने । 

गाउँपालिकाले योजना सम्झौतादेखि भुक्तानीसम्मका कामहरु पनि सफ्टवेयरमार्फत गर्न योजना सफ्टवेयर लागु गरिसकेको छ । गाउँपालिकामा सार्वजनिक सम्पतीको विवरण राखेर संरक्षण गर्नका लागि पाम्स सिस्टम लागु भईसकेको प्रमुख प्रशासकीय अधिकृत डिसीले बताए । गाउँपालिकाले अनलाइन सफ्टवेयरमार्फत भुक्तानी दिईरहेको उनको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत डिसीका अनुसार गाउँपालिकाले अनलाइनबाटै राजश्व संकलन गर्ने योजना अघि सारेको छ ।

गाउँपालिकाले वडाबाट हुने सम्पूर्ण सिफारिसहरु, संघसंस्था तथा व्यवसायदर्ता पनि सफ्टवेयरमार्फत गर्ने योजना अघि सारेको डिसीले बताए । ‘वडातहबाट झण्डै दुई सय बढि सिफारिस गर्नुपर्छ, कसलाई कस्तो खालको सिफारिस लेख्ने भन्ने सबैलाई जानकारी हुँदैन्, सिफारिसहरुको ढाँचा एउटै हुने गरि सफ्टवेयर लागु गर्न लागिएको हो,’ डिसीले भने । 

गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले गाउँपालिकालाई प्रविधिमैत्री बनाउँदै जनतालाई छिटोछरितो र गुणस्तरिय सेवा प्रवाहमा जोड दिईएको बताए । उनले गाउँपालिकाले कर्मचारी र जनप्रतिनीधिहरुको क्षमता विकासको लागि आईसिटी, ईगभरनेन्स सम्बन्धी तालिम सञ्चालन गर्ने नीति लिएको बताए । गाउँपालिकाको नियमित सूचना प्रवाहका लागि डिजिटल वोर्ड राख्नुका साथै विद्युतीय अपराधहरुलाई न्यूनीकरणका लागि पहल गर्ने नीति गाउँपालिकाले लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.