झापामा ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

झापामा ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

झापा : झापाको बिर्तामोडमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा भारत विहार किसनगञ्ज गलगलियाका २५ वर्षीय दिलसाद रहमान र सोही ठाउँका २० वर्षीय सन्वाज खान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  ।

 इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बिर्तामोड नगरपालिका– ५ मा आइतबार बेलुका डब्लुबी ७४ बीए ६७७९ भारतीय  नम्बर प्लेटको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा ८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । 

रहमानले मोटरसाइकल चलाइरहेका थिए भने खान पछाडि सवार थिए । उनीहरू भद्रपुर नाकाबाट ब्राउन सुगर बोकेर बिर्तामोड गएका थिए । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.