‘महिला हिंसा अन्त्य गर्न बजेट अभाव’
![‘महिला हिंसा अन्त्य गर्न बजेट अभाव’](https://annapurnapost.prixacdn.net/media/albums/mahila-hinsa_20230203093902_0u5mVU4GvZ.jpg)
काठमाडौं : एभरि ओमन एलान्सका संस्थापक अमेरिकी नागरिक लिसा स्याननले युएनले महिला हिंसा अन्त्यका लागि छुट्याएको रकमले पानीको बोतल पनि नआउने बताएकी छन्।
मानव अधिकारका लागि महिला एकल समूहले आयोजना गरेको कार्यक्रममा उनले महिला हिंसा अन्त्यका लागि श्रोत कम भएको बताइन्। उनले भनिन् ‘सरकारले ४ सय ८ मिलियन डलर मात्र छुट्याएको छ, जसले पानीको बोतल पनि आउँदैन, उनले पानीको बोतल हातमा उचाल्दै भनिन्। महिला हिंसा अन्त्यको पहलका लागि रकम आवश्यक पर्ने भएकोले ४ बिलियन डलर हुनुपर्ने बताइन्। उनले बलियो कानुनसँगै सवै देशले प्रतिबद्धता गर्नुपर्ने आफनो माग रहेको बताइन्। उनले भनिन्, ‘नेपालमा महिलाका लागि कानुन बलियो नै छ तर पनि किन हिंसा भइरहेको छ ? किन हिंसामा परेकाले न्याय पाउन सकिरहेका छैनन् ?’
एभरि ओमन एलान्सका भारतीय नागरिक मीरा खन्ना हरेक महिलालाई हिंसाको खतरा रहेको बताउँछिन्। ‘हरेक ११ मिनेटमा एउटा महिला हिंसाबाट मरेका छन्। त्यसमा पनि साउथ एसियामा यो संख्या बढी छ।’ उनले भनिन्। ‘२०११ देखि १५ को बिचमा ४० हजार महिला दाइजोका कारण मारिएका छन्। यसका विरुद्ध कसैले किन आवाज उठाउँदैन ?’ उनले प्रश्न गरिन्।
‘महिलामाथि हुने हिंसालाई हामी प्रथा (स्वाभाविक) मान्न थालेका छौं, यो प्रथा होइन, हामीले एउटा यस्तो विश्व सन्धि बनाउन सक्छौं, जसले महिलामाथि हुने हिंसा रोक्न सकोस्।
खन्नाले नेपालबाटै देश, गाउँ, सहर हुँदै टोलटोलमा हिंसाविरुद्धको इतिहास रचाउन सकिने धारणा राखिन्। यो सँगै उनले आफुले यस कार्यक्रमका लागि नेपाल आउने अवसर पाएकोमा खुशी लागेको बताइन्। उनले भनिन्, ‘साउथ एसिया मुझे अपना घर जैसा लगता है, और नेपाल माइका जैसा, क्यो कि ये सिता माताका घर है।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)