क्यान्सरविरुद्ध साइकल जागरण

क्यान्सरविरुद्ध साइकल जागरण

काठमाडौं : सरुवा रोग नभए पनि पछिल्लो समय क्यान्सरका बिरामी बढ्दैछन्। यो रोगको नाम सुन्ने बित्तिकै अझै पनि समाजमा भय र त्रास छ। तर, विज्ञ भन्छन्– ‘यो रोग लाग्दैमा डराउनु पर्दैन। बेलैमा उपचार गरे निको हुन्छ।’ त्यसैले लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिनेतर्फ ध्यान दिन विज्ञ सुझाव दिन्छन्। 

क्यान्सरका बिरामी थपिँदै जानुमा अस्वस्थ मानवीय जीवन शैली, वातावरण प्रदूषण र मदिराजन्य पदार्थको सेवनलाई लिइन्छ। त्यसैले स्वास्थ्य जीवन जिउने, व्यायाम गर्ने, मद्यपान र धूमपानको सेवन नगर्ने हो भने क्यान्सर रोकथाम गर्न सकिने चिकित्सकको सुझाव छ। यसलाई नै मध्यनजर गर्दै अन्नपूर्ण मिडिया नेटवर्कले हरेक वर्ष (४ फेब्रुअरी) अर्थात् (क्यान्सर डे) का दिन क्यान्सरविरुद्ध जनचेतना फैलाउन साइकल र्‍यालीको आयोजना गर्ने गरेको छ। यस वर्ष पनि विभिन्न प्रतिष्ठित व्यक्तिसहित नागरिकको सहभागितामा शनिबार उपत्यकामा साइकल र्‍यालीको आयोजना भयो। 

‘अन्नपूर्ण पोस्ट् राइड फर लाइफ–२०२३’ नारासहित शनिबार बिहान आयोजना गरिएको र्‍यालीमा १ हजार ५ सय सहभागी थिए। प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापा, पूर्वमन्त्री राजकिशोर यादव र माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले कार्यक्रमको संयुक्त रूपमा उद्घाटन गरेका थिए।

अन्नपूर्ण पोस्ट्को कार्यालय रहेको कर्पोरेट टावर तीनकुनेबाट सुरु भएको साइकल र्‍याली गौशाला, चाबहिल, नारायणगोपाल चोक, बसुन्धरा, गोंगबु, बालाजुचोक, सोह्रखुट्टे, अमृत साइन्स कलेज, ठमेल चोक (गा हल), कान्तिपथ, जमल, भद्रकाली, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बिजुली बजार पुल, यूएनपार्क, महादेवस्थान मन्दिर अगाडिको पुल, तीनकुने पुल हुँदै पुनः कर्पोरेट टावरमा आएर समापन भएको थियो। 

साइकलको प्रयोगले धुलोधुँवा र प्रदूषण घटाउने, शारीरिक स्फुर्ति बढाउने र शरीरलाई पनि व्यायाम पुग्ने र्‍यालीका सहभागीहरूको प्रतिक्रिया थियो। उपसभामुख इन्दिरा राना मगरले साइकल सवारीले स्वास्थ्य तथा स्फुर्त रहन मद्दत गर्ने बताइन्। साइकल र्‍यालीको उद्घाटनका क्रममा उनले बाँचुञ्जेल स्वस्थ र बलियो बन्न साइकल चलाउनु आवश्यक रहेको बताइन्। ‘साइकल मेरो साथी हो। जीवनका योजना पनि साइकल चढेकै बेलामा गर्छु,’ मगरले भनिन्, ‘विगतका वर्षमा सहभागीका रूपमा अन्नपूर्ण साइकल र्‍यालीमा उपस्थित हुन्थेँ। म भाग्यमानी छु, यो वर्ष प्रमुख अतिथि नै बन्ने अवसर पाएँ।’ 

आफूसँग सम्पत्तिका रूपमा साइकल नै रहेको उपसभामुख रानाले बताइन्। भनिन् ‘काठमाडौंमा मेरो घर छैन। तर, २ वटा साइकल छ।’ साइकल चलाउँदै आफूले जीवन जिउने कला सिकेको उनको जिकिर थियो। ‘साइकल चलाउँदा खाल्डाखुल्डीबाट जोगिइन्छ। साइकल चलाउँदै मैले जीवनका उकाला–ओरालालगायत अवरोध हटाउन सिकेँ’, उनले भनिन्। 

उनले साइकल चढेरै पाल्पा, चितवन आदि ठाउँ तथा जेलमा बालबालिका भेट्न पनि जाने गरेको बताइन्। ‘५३ वर्षको उमेरमा मलाई १६ वर्षको जस्तो अनुभूत हुन्छ। साइकलले स्वस्थ तथा स्फुर्त रहन मलाई मद्दत गरेको छ,’ मगरले थपिन्, ‘बाँचुञ्जेल स्वस्थ र बलियो बन्न साइकल चलाउनु आवश्यक छ।’

अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारीले क्यान्सर नसर्ने रोग भए पनि संसारमा सरुवाभन्दा घातक र संक्रामक भएर विश्वव्यापीकरण भइरहेको बताए। ‘नेपालमा प्रत्येक वर्ष ३० हजार र विश्वमा २ करोड नयाँ क्यान्सर रोगी थपिने गरेको छ,’ प्रधान सम्पादक भण्डारीले भने, ‘यही गम्भीर विषयमा जनचेतना फैलाउन हामीले गरेका वर्ष साइकल र्‍याली आयोजना गर्दै आएका छौं।’ र्‍यालीले आमसर्वसाधारणमा क्यान्सरबारे जनचेतना जगाउन सहयोग गर्ने भण्डारीको भनाइ थियो। अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री राजकिशोर यादव, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका सहायक रथि कृष्णप्रसाद भण्डारी, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, कवि डा. विप्लव ढकाललगायतको सहभागिता थियो। 

साइकल र्‍यालीमा सहभागीलाई विशेष कार्यक्रमका बीच विभिन्न पुरस्कार पनि प्रदान गरिएको थियो। र्‍यालीमा सहभागी १ हजार ५ सय जनाबीच ‘लक्की ड्र’ गराइएको थियो। विजेताहरूलाई विभिन्न पुरस्कार वितरण गरिएको थियो। ‘लक्की ड्र’ मार्फत गोसाइँकुण्ड राउन्ड ट्रिप सुजित लामाले जितेका छन््। जसअन्तर्गत सिम्रिक हेलिकप्टरबाट एक जोडीले गोसाइँकुण्डको राउन्ड हवाई ट्रिप प्राप्त गर्नेछ। त्यस्तै अनिल सिग्देलले चन्द्रागिरि हिलमा ‘वान नाइट स्टे’ सुविधा पाउने भएका छन््। जसअन्तर्गत एक जोडीले चन्द्रागिरि हिलमा डिनरसहितको एक रात बास बस्ने सुविधा पाउने छन््।

पन्चबाइकले साइकलङ ज्याकेटसहितका सामग्री १० जनालाई वितरण गरेको छ। साइकलङ सामग्री प्राप्त गर्नेमा मञ्जु शाक्य, राजेन्द्र बज्रचार्य, सपना बज्रचार्य, रामेश्वर घिमिरे, सन्तोषमनि वैद्य, सुजेश महर्जन, दीपक बज्राचार्य, रवि मानन्धर, पेम्बा छिरिङ लामा छन््। त्यस्तै फुडमाडुले १० जनालाई ‘खानाको प्याकेज’ उपलब्ध गराएको थियो। यो सेवा पाउनेमा जीवेश श्रेष्ठ, सुरज खड्का, रञ्जित बोगटी, रामचन्द्र जिसी, सचिन श्रेष्ठ, नितिज राजभण्डारी, अभिषेक श्रेष्ठ, सम्साद आलम, शेखर ताम्राकार, जनक तिवारी छन््। 

त्यस्तै राजेश महर्जन, अमु राजभण्डारी, लक्ष्मण डंगोलले अन्नपूर्ण एक्सप्रेस दैनिक पत्रिका निःशुल्क पढ्न पाउने अवसर प्राप्त गरेका छन्् भने देवराज केसी, नारायणकुमार श्रेष्ठ र मुकेशकुमार साहले भने अन्नपूर्ण दैनिक पत्रिका एक वर्षका लागि  प्राप्त गर्ने छन््।

विजेतालाई अन्नपूर्ण मिडिया नेटवर्कका निर्देशक सचन थापा, प्रधानसम्पादक अखण्ड भण्डारी, डेपुटी जेनेरल म्यानेजर विकास श्रेष्ठ, अन्नपूर्ण पोस्ट्का पोलिटिकल ब्युरो चिफ नरेन्द्र साउद, फाइनान्स प्रमुख सुनील पौडेललगायतले पुरस्कार वितरण गरेका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.