प्रथम वडाध्यक्ष गोल्डकप फ्युजनलाई

प्रथम वडाध्यक्ष गोल्डकप फ्युजनलाई

उदयपुर : त्रियुगा नगरपालिका–१० बोक्सेमा जारी प्रथम वडाध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको उपाधि फ्युजन क्लब बोक्सेले चुमेको छ। वडा युवा तथा खेलकुद विकास समितिले गंगा खेल मैदानमा आयोजना गरेको प्रतियोगितामा गाईघाट फुटबल क्लबलाई पछि पार्दै फ्युजनले जित निकालेको हो।

निर्धारित ६० मिनेटको खेल १–१ गोलमा टुंगिएपछि खेल टाइब्रेकरमा परिणत भएको थियो। टाइब्रेकरमा ५–३ ले पछि पार्दै फ्युजनले उपाधि रक्षा गरेको हो। निकै प्रतिस्पर्धात्मक खेलको ५४ मिनेटमा फ्युजनका सुनिल खड्काले एक गोल गर्दै खाता खोलेका थिए। प्रतिउत्तरमा थप गरिएको तीन मिनेटको अन्तिम समय ६३औं मिनेटमा गाईघाटका पविन राईले एक गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो। जितसँगै फ्युजनले १ लाख नगदसहित ट्रफी प्राप्त गरेको छ। उपविजेता गाईघाटले ५० हजार नगद र ट्रफीमा चित्त बुझाउनु प¥यो। 

प्रतियोगितामा सात विद्याका उत्कृष्ट खेलाडीलाई नगदले सम्मान गरिएको आयोजक समितिका सदस्य रुपेश मगरले बताए। उनका अनुसार खेलको म्यान अफ दि म्याच फ्युजनका सुदिप श्रेष्ठ घोषित भए। त्यसैगरी बेष्ट गोलकिपर फ्युजनकै प्रमिज्य गच्छदार, वेष्ट डिफेन्स फ्युजनका टिप्सन राई, वेष्ट कोच सोही समूहका हेम राई घोषित भए। 

 

उदयमान खेलाडीका रूपमा फ्युजनकै सैसन राई, सर्वोत्कृष्ट खेलाडी सोही समूहका प्रमिज्य गच्छदार र वेष्टमिडफिल्डर गाईघाटका अन्जन हमाल घोषित भए। विजेता र उपेविजेता समूहलाई त्रियुगा नगरपालिकाका मेयर वसन्तकुमार बस्नेत, उपमेयर महेश्वरी राईले नगदसहित ट्रफीले सम्मान गरे। वडा युवा तथा खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता प्रतियोगितामा सिरहा, सप्तरी, सुनसरी र उदयपुर गरी ८ वटा टिमको सहभागिता रहेको सदस्य मगरले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.