शताब्दी पुरानो सुरुङ पुनर्निर्माण सकिँदै

हर्जना तिराएर निर्माण कम्पनीलाई एक महिनाभित्र बाँकी काम सकाउने लक्ष्य छ     हालसम्म सुरुङमार्ग पुनर्निर्माणको ८० प्रतिशत काम सकिएको छ

शताब्दी पुरानो सुरुङ पुनर्निर्माण सकिँदै

हेटौंडा : अबको एक महिनापछि एसियाकै पहिलो सुरुङमार्ग घुम्न पाइने भएको छ। मकवानपुर र बाराको सीमानास्थित चुरियामाईमा सुरुङ पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको हो। 

भत्किएर जीर्ण भएको १०६ वर्ष पुरानो सुरुङमार्ग लामो समयदेखि सर्वसाधारणलाई प्रवेशमा रोक लगाएर राखिएको थियो। उक्त सुरुङमार्ग पुनर्निर्माण गरेर सर्वसाधरणका लागि खुल्ला गर्ने लक्ष्सहित पुनर्निर्माणको काम भइरहेको हो। 

हालसम्म सुरुङमार्ग पुनर्निर्माणको ८० प्रतिशत काम सकिएको यातायात पूर्वाधार निर्देशनालयका सूचना अधिकारी इन्जिनियर हरिप्रसाद ओझाले बताए। ‘एक महिनाभित्र काम सम्पन्न हुने अनुमान गरेका छौं’, उनले भने, ‘सुरुङभित्र माटो झरिरहने समस्याले पुनर्निर्माणमा ढिलाइ भएको हो।’

२०७९ वैशाख १९ गतेसम्म निर्माण सक्ने सम्झौतासहित माउन्टेन इन्फ्रा कम्पनी स्युचारटार काठमाडौंले निर्माण कार्य अघि बढाएको थियो। तर, उसले समयमा नै काम नसक्दा २०७९ वैशाख, साउन र पुसमा म्याद थप गरिएको छ। ‘पुसमा थपेको म्याद पनि सकिइसकेको छ’, सूचना अधिकारी ओझाले भने, ‘हर्जना तिराएर निर्माण कम्पनीलाई एक महिनाभित्र बाँकी काम सकाउने लक्ष्य छ।’ 

उक्त कम्पनीले तीन करोड ३६ लाख १३ हजार आठ सय ७८ रुपैयाँमा ठेक्का पारेर काम अघि बढाएको थियो। निर्माण कम्पनीसँग निर्देशनालयको पुरानै स्वरुपमा सुरुङ पुनर्निर्माण गर्नुपर्ने सम्झौता छ। माटो पन्छाउने र अन्य प्राविधिक काम सकेर हाल सुरुङ वारपार गर्नसक्ने बनाइएको छ। 

सुरुङ पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमार्फत निर्देशनालयले चार करोड ५७लाख रुपैयाँको बोलपत्र आह्वान गरेको थियो। 

सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाले सुरुङमार्गको डिजाइन गरेका थिए। सुरुङको १ सय ९८ मिटर लम्बाइ, दुई दशलव ५ मिटर चौडाइ र तीन मिटर उचाइ रहेको छ। 

बारा र मकवानपुर जोड्ने विशाल चुरे पहाडलाई प्वाल पारेर निर्माण गरिएको सुरुङमार्ग २०१८ सालपछि प्रयोगमा आउन छाडेको थियो। सुरुङमार्ग २०७२ सालको भूकम्पपछि थप जीर्ण बनेको थियो। 

पर्यटन प्रवधर्नसँगै इन्जिनियरिङका विद्यार्थीहरूलाई अध्ययन केन्द्रका रुपमा सुरुङमार्गको प्रयोग गरिने लक्ष्य रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितले बताए। विसं १९७३ मा राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बाराको अमलेखगञ्जबाट मकवानपुरको हेटौंडा छिचोल्न उक्त सुरुङमार्ग निर्माण गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.