दाङ: लुम्बिनी प्रदेशले स्थापना दिवस मनाएको छ। शनिबार प्रदेश सभाले आफ्नो छैठौ स्थापना दिवस मनाएको हो। स्थापना दिवसको अवसरमा राप्ती उपत्यका देउखुरीमा भएको कार्यक्रमका सहभागीले प्रदेश सरकारले आफनो अधिकार खोज्नु पर्ने बताएका छन। सहभागि वक्ताले संघीयताको मर्मलाई प्रदेश सभाले संस्थागत गर्न सक्नु पर्ने बताए।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशलाई अधिकार सम्पन्न बनाउन लाग्नु पर्ने बताए। उनले संघीयताको मुख्य कार्यान्वयन प्रदेशबाट नै भएको भन्दै यसको सस्थागत हुन आवश्यक रहेको बताए। ‘संविधानमा कतै उल्लेख छैन संघीय सरकारको इकाइ प्रदेश हो भनेर, हामी यो भ्रमबाट मुक्त होऔँ’ उनले भने, ‘संघीयतालाई बलियो बनाउन संविधान पूर्ण कार्यान्वयन हुनुपर्छ।'
कार्यक्रममा मुख्यमन्त्री लीला गिरीले प्रदेशको स्थापनालाई सरकारले पुष्टि गरिरहेको बताए। विपक्ष दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेशको अस्तित्व पुष्टि गर्नु पर्ने बताए। संघीयताको अनुभूति र प्रदेशको संस्थागत स्थायित्वको लागि लाग्नु पर्ने बताए।
नेपालको संविधान २०७२को धारा १७६ को प्रावधान अनुसार ‘लुम्बिनी प्रदेश सभास्थापना भएको ५ वर्ष पुरा भएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)