किचकबध धार्मिक मेलामा श्रद्धालु तथा भक्तजनहरूको घुइँचो

किचकबध धार्मिक मेलामा श्रद्धालु तथा भक्तजनहरूको घुइँचो

झापा : महाभारतकालीन किंवदन्तीसँग जोडिएको ऐतिहासिक किचकबध धार्मिक मेलामा श्रद्धालु तथा भक्तजनहरूको घुइँचो लागेको थियो। 

माघे शुल्क पूर्णिमा र स्वस्थानी व्रतका दिन किचकबध मेला लाग्दै आएको छ। 

कोरोना महामारीका कारण विगत दुई वर्ष किचकबध धार्मिक मेलामा खासै भिडभाड नदेखिए पनि यसबर्ष हजारौँकोसंख्यामा श्रद्धालु तथा भक्तजनहरूको सहभागिता रहेको ऐतिहासिक किचकबध, धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले जानकारी दिए। 

संरक्षण समितिले आफैंले मेलाको आयोजना नगरी ठेकेदारलाई जिम्मा लगाउँदा मेलामा आउने श्रद्धालु तथा भक्तजनहरूको उचित व्यवस्थापन मिलाउन नसकेको समितिका सहसचिव गणेश ढुङ्गानाले जानकारी दिए। 

भद्रपुर नगरपालिका २ र ३ नम्बर वडामा पर्ने किचकबध धार्मिक स्थलको पोखरीमा माघे शुल्क पूर्णिमा दिन स्वतःस्फूर्त पानी आउने गरेकाले सो पोखरीमा नुहाउँदा व्रतालु भक्तजनहरूले इच्छाएको मनकामना पूरा हुने धार्मिक विश्वास छ।  

भक्तजनहरूले पोखरीमा पैसा फाल्ने, पान र सुपारी राखेर पूजा अर्चना गरी परेवा उडाउने धार्मिक प्रचलन रहेको छ। भक्तजनहरूले भीमसेनले कीचकलाई वध गरेको मूर्तिमा समेत पूजाआर्चना गर्छन्। 

किचकबध मेलामा झापासहित पूर्वका विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरू आउने गरेका छन्। 

महाभारतकालीन किंवदन्ती अनुसार विराट राजाका सालो कीचक सेनापति थिए। पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूप माथि कुदृष्टि राख्ने सेनापति कीचकलाई भीमसेनले मुड्क्याएर मारेको किंवदन्ती छ। 

सोही कथावस्तुलाई आधार मानेर यस ठाउँको नाम किचकबध राखिएको र पछि किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको नामकरण दिइयो। यता किचकबध धार्मिक मेलाको अवसरमा भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकाले आज स्थानीय बिदा दिएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.