यस्तो छ आजको राष्ट्रिय सभा बैठकको कार्यसूची

यस्तो छ आजको राष्ट्रिय सभा बैठकको कार्यसूची
सुन्नुहोस्

काठमाडौं: संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आजलाई बोलाइएको छ। बैठक ११ बजेर ५९ मिनेटमा नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बोलाइएको छ। 

आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ। 

त्यस्तै उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाको उपाध्यक्ष पदमा सदस्य उर्मिला अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विधयान व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन मूल्यांकन विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै, नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अभिलेख संरक्षण (पहिलो संशोधन)विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, अभिलेख संरक्षण (पहिलो संशोधन)विधेयक, २०७७ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.