‘स्पट फिक्सिङ’मा संलग्न रहेको आरोपमा वीरगन्जबाट थप एक खेलाडी पक्राउ

‘स्पट फिक्सिङ’मा संलग्न रहेको आरोपमा वीरगन्जबाट थप एक खेलाडी पक्राउ
सुन्नुहोस्

वीरगन्ज : काठमाडौंमा  गत पुसमा सम्पन्न नेपाल टी–२० क्रिकेट लिगमा भएको ‘स्पट फिक्सिङ’ प्रकरणमा संलग्न भएको आरोप लागेकामध्ये थप एक जना क्रिकेटर वीरगन्जबाट पक्राउ परेका छन्। 

उक्त प्रकरणमा संलग्न रहेको आरोप लागेका ११ जनामध्ये थप एक जना क्रिकेटर वीरगन्जबाट पक्राउ परेका हुन्। 

वीरगन्ज महानगरपालिका-१५ बसपार्क निवासी नितेश गुप्तालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत आइतबार वीरगन्जबाटै पक्राउ गरेको हो। 

गत आइतबार काठमाडौंबाट वीरगन्ज आएको सिआइबीको टोलीले गुप्तालाई पक्राउ गरी त्यहि दिन काठमाडौं लिएर गएको प्रहरी श्रोतले जनाएको छ। 

जिल्ला क्रिकेट संघ पर्साका अध्यक्ष दाउद अन्सारीले ‘स्पट फिक्सिङ’मा संलग्न भएको आरोपमा वीरगन्जबाट गुप्ता पक्राउ परेको खबर आफूले पनि सुनेको तर यसबारे विस्तृत जानकारी भने आफूलाई नभएको बताए। 

नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्यसमेत रहेका अन्सारीले भने,‘गुप्ता वीरगन्जको कुन टिमबाट खेल्थे त्यो मलाई जानकारी भएन, तर सिआइबीले उनलाई पक्रेर काठमाडौं लगेको खबर मैले पनि सुनेको छु।'

पर्साका प्रहरी उपरीक्षक कोमल शाहले भने तीन दिन पहिले काठमाडौंबाट सिआइबीको एक टोली वीरगन्ज आएको तर कुन प्रायोजनका लागि आएको बारे आफूलाइ नबताएको बताए। शाहले भने, 'सिआइबीको टिम वीरगन्ज आएको थियो, केही पर्‍यो भने प्रहरीको सहयोग चाहिन्छ मात्र भन्यो, त्यसपछि मसँग कुनै सम्पर्क भएन। 

वीरगन्जका एक क्रिकेटरका अनुसार पक्राउ परेका गुप्ता १२ कक्षासम्म पढ्दा वीरगन्जको ग्लोबल कलेजको टिमबाट स्थानीय स्तरका प्रतियोगितामा खेल्ने गर्दथे। १२ कक्षा पास गरेपछि उनी भारतको दिल्लीमा गएर केही समय क्रिकेटको प्रशिक्षण लिएर हालै वीरगन्ज फर्किएका थिए।  

सिआइबी श्रोतका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमकै एक जना क्रिकेटरसँग गुप्ताको राम्रो सम्बन्ध थियो। त्यही सम्बन्धका आधारमा गुप्ताले एक जना भारतीय नागरिकले अह्राएअनुसार राष्ट्रिय टोलीका क्रिकेटरलाई फिक्सिङका लागि ‘हिट विकेट’ गर्न एप्रोच गरेको अनुसन्धानका क्रममा खुलेको थियो।

तर, राष्ट्रिय टिमका ती क्रिकेटरले सदस्यले गुप्ताको प्रस्ताव मानेका थिएनन्। बरु उनले अन्तर्राष्ट्रिय क्रिकेट कमिटी (आईसीसी) को एन्टी करप्सन युनिट (एसीयू) लाई यसबारे खबर गरेको र उनले दिएकै सूचनाका आधारमा गुप्ताको संलग्नता खुलेको ब्यूरो स्रोतले जनाएको छ। 

यसअघि सीआईबीले स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा माघ १० गते राष्ट्रिय क्रिकेटर मोहम्मद आदिल आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलमलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ। सीआईबीका अनुसार फिक्सिङमा ११ जनाको संलग्नता रहेको छ। 

यो प्रकरणमा वेस्ट इन्जिडका खेलाडी आन्द्रा म्याक्कर्थी सहित नेपाल क्रिकेट संघ (क्यान) को रणनीतिक साझेदार सेभेन थ्री स्पोर्टस्का प्रमुख जतिन अलुवालिया र प्रमुख कार्यकारी अधिकृत अभिषेक सक्लानी सहितका व्यक्तिहरू फरार छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.