लामिछानेको लाञ्छनामाथि सिरोहियाको चुनौती

लामिछानेको लाञ्छनामाथि सिरोहियाको चुनौती
कैलाश सिरोहिया, अध्यक्ष, कान्तिपुर मिडिया ग्रुप
सुन्नुहोस्

सभापति लामिछानेले आफ्नो बदमासी लुकाउनका लागि राजनीतिक मूल्य मान्यता बिर्सेर नेपाली मिडिया र पत्रकारहरूमाथि खनिएको प्रबन्ध निर्देशक सिरोहियाले प्रेस वक्तव्यमा उल्लेख गरेका छन्।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई आरोप पुष्टि गर्न कान्तिपुर मिडिया गु्रपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियालेचुनौती दिएका छन्।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनले लामिछानेलाई पाँचबुँदे चुनौती दिएका छन्। आइतबार पत्रकार सम्मेलन गरी समग्र नेपाली सञ्चारजगत् र सञ्चारकर्मीविरुद्ध सभापति लामिछानेले विषवमन गर्दै निराधार लाञ्छनाहरू लगाएकामा प्रबन्ध निर्देशक सिरोहियाले खेद प्रकट गरेका छन्।

नागरिकता प्राप्ति प्रक्रिया नमिलेको प्रकरणमा सर्वोच्च अदालतको फैसलाले लामिछानेको सांसद, उपप्रधान तथा गृहमन्त्री पद बर्खास्त भएको थियो। यसबारे मिडियाबाट लगातार सत्य, तथ्य समाचार सम्प्रेषण भएको थियो। त्यस झोंकमा आइतबार पत्रकार सम्मेलन गरेर नेपाली मिडिया र पत्रकारहरूलाई अपशब्द प्रयोग गरेर उनले गालीबेइज्जती गरेका थिए।

‘सम्मानित सर्वोच्च अदालतले नागरिकता मुद्दामा आफूलाई दोषी ठहर गर्दै पदमुक्त गरेकामा वा त्यसपश्चात् गैरसांसदका रूपमा पुनः गृहमन्त्री बन्न नपाएको झोंकमा आक्रोश पोख्नुभएको होला’, प्रबन्ध निर्देशक सिरोहियाले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘प्रहरीले अनुसन्धान गरिरहेको दोहोरो पासपोर्टसम्बन्धी मुद्दालाई विषयान्तर र प्रभावित गर्न चाहनुभएको होला।’ 

सभापति लामिछानेले आफ्नो बदमासी लुकाउनका लागि राजनीतिक मूल्य मान्यता बिर्सेर नेपाली मिडिया र पत्रकारहरूमाथि खनिएको प्रबन्ध निर्देशक सिरोहियाले प्रेस वक्तव्यमा उल्लेख गरेका छन्। ‘उहाँले आफ्ना गल्ती–कमजोरी ढाकछोप गर्न वा त्यससम्बन्धी समाचारहरू आउन नदिन समग्र नेपाली मिडियाको प्रतिष्ठा र विश्वसनीयतामाथि जसरी सुनियोजित प्रहार गर्न खोज्नुभएको छ’, उनले भनेका छन्,  ‘त्यो हामी स्वतन्त्र प्रेस र लोकतन्त्र पक्षधर जोकसैलाई पनि सह्य हुनेछैन।’

आफूहरू कसैको हुँकारविरुद्ध नडराई निर्धक्क भएर पेसागत जिम्मेवारीमा डटिरहने निर्देशक सिरोहियाको प्रेस विज्ञप्तिमा भनिएको छ। धम्कीकै कारण अन्यथा भए त्यसको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टी र लामिछानेले लिनुपर्ने सिरोहियाले उल्लेख गरेका छन्, ‘म सबैको सार्वजनिक अभिलेखमा राख्न चाहन्छु, लामिछानेले धम्की दिएझैं हाम्रा कुनै पनि पत्रकार वा कर्मचारी अथवा कार्यालयमाथि कुनै पनि किसिमको भौतिक आक्रमण गरियो भने त्यसको जिम्मा उहाँ र उहाँकै पार्टीले लिनुपर्नेछ।’

रवि लामिछानेले आफ्नोबारे अब समाचार लेखियो भने आफ्ना समर्थकहरू लिएर कान्तिपुर र अन्य मिडिया हाउसहरूका ‘कार्यालय घेर्न आउने’ र ‘आफ्नो ढंगले कारबाही गर्ने’ सार्वजनिक चेतावनी 
दिएका थिए। व्यक्तिगत, परिवारका सदस्य र कान्तिपुर मिडिया गु्रपमाथि लामिछानेले लगाएका लाञ्छना पुष्टि गर्न प्रबन्ध निर्देशक सिरोहियाले चुनौती दिएका छन्। 


कानुन मिच्दा...


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.