राष्ट्रियसभा उपनिर्वाचनमा एक जना अनुपस्थित, ३०४ मत खस्यो

राष्ट्रियसभा उपनिर्वाचनमा एक जना अनुपस्थित, ३०४ मत खस्यो
सुन्नुहोस्

दाङ : राष्ट्रियसभा उपनिर्वाचनमा ३ सय ४ मत खसेको छ। दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रको प्राङगणमा बिहान १० बजेदेखि ३ बजेसम्म भएको मतदानमा  ३ सय ४ जनाले मतदान गरेका हुन्। 

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेशसभाका ८७ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख २ सय १७ जनाले मतदान गरेका प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए। 

रुपन्देहीको मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह मतदानमा अनुपस्थित रहेको कुँवरको भनाइ छ। निर्वाचन कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य तथा स्थानीय तह प्रमुख/उपप्रमुख गरेर ३ सय ५ जना मतदाता छन्। जसमा प्रदेश सांसद ८७  र पालिका प्रमुख तथा उपप्रमुख २ सय १८ जना रहेका छन्। निर्वाचनका लागि बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म मतदानको समय तोकिएको थियो। 

उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार छन्। निर्वाचनको मतगणना कर्मचारी मिलन केन्द्रकै हलमा व्यवस्था मिलाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.