जावलाखेलको सुखद सुरुवात

जावलाखेलको सुखद सुरुवात
सुन्नुहोस्

राजर्षि जनक कप फुटवल प्रतियोगितामा जावलाखेल युथ क्लबले विजयी सुरुवात गरेको छ।

मलंगवा: सर्लाहीको बागमती नगरपालिकामा बुधवारदेखि सुरु सातौँ राजर्षि जनक कप फुटवल प्रतियोगितामा जावलाखेल युथ क्लबले विजयी सुरुवात गरेको छ। जवालाखेलले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १-० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

बागमती नगरपालिका वडा नं. ११ स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा जारी खेलको ६२ औं मिनेटमा मैदानमा प्रवेश गरेका जावलाखेलका विनोद केसीले एक मिनेट नबित्दै गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। ६३ औं मिनेटमा एपीएफको गोल पोष्ट नजिकै पास पाएका केसीले हेड गर्दै गोल गरेका थिए। हिशुब थपलियाले दिएको पासलाई हेड गर्दै केसीले बललाई जाली चुमाएका थिए।
 

पहिलो हाफको खेलमा एपीएफको सामु कमजोर खेल प्रदर्शन गरेका जावलाखेलले दोस्रो हाफमा सुधारात्मक खेल देखिएका थिए। पहिलो हाफमै गोलका लागि आधा दर्जन भन्दा बढी प्रहार एपीएफले गरेका थिए। जावलाखेलका गोल किपर अनिश देउलाले सबै प्रहारलाई बिफल बनाएका थिए।

१-० को अग्रता पाएपछि जावलाखेल रक्षात्मक प्रदर्शन गरेका थिए । खेलमा फर्कनका लागि हौसिएका एपीएफका सबै प्रहारलाई जावलाखेलका खेलाडीले बिफल पारेका थिए । 

खेलको म्यान अफ द म्याच जावलाखेलका गोल किपर अनिश देउलालाई प्रदान गरिएको आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत राज मैनालीले जानकारी दिएका छन् । दोस्रो दिनको खेल युनाइटेड फुटवल क्लब दार्जिलिङ्ग र सुदुरपश्चिम ११ को बिच हुने आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.