नेपाललाई थप योगदान गर्ने अवसरको खोजीमा छौं : सामन्था पावर

नेपाललाई थप योगदान गर्ने अवसरको खोजीमा छौं : सामन्था पावर
पत्रकार सम्मेलनमा सामन्था पावर। तस्बिर : दीपेन श्रेष्ठ
सुन्नुहोस्

यूएसएडकी प्रशासक पावरले नेपाल सम्भावनाको देश रहेको र नेपाली जनता दृढताको पर्याय भएको बताइन्।

काठमाडौं : अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग (यूएसएड)की प्रशासक सामन्था पावरले यूएसएड र नेपालबीचको ७५ वर्षे सहकार्यले साँच्चिकै प्रभावकारी भएको बताएकी छन्। नेपाल भ्रमणमा रहेकी प्रशासक पावरले बुधबार पत्रकारहरुमाझ नेपालको प्रजातन्त्र मजबुद बनाउन तथा सामाजिक पूर्वाधार सुधारमा आफूहरु विगतदेखि नै प्रतिबद्ध रहेको र भविष्यमा पनि कायम राख्ने बताएकी हुन्।

‘हामी समावेशी विकासको अभ्यास गर्ने विकास साझेदार हौं,’ पावरले भनिन्, ‘विदेशी लगानी समावेशी विकास प्राप्तिको माध्यम हुनुपर्छ, यूएस एडको सहायताले नेपालले पर्याप्त सुधार हासिल गर्न सघाएको छ। नेपालको उत्थान हामीले दायित्व मानेका छौं र थप योगदानको अवसर खोजिरहेका छौं।’

अघिल्लो दिनमात्र पावरले नेपालको प्रजातन्त्र बजबुद बनाउने तथा नागरिक समाजका लागि ५ करोड ८५ लाख अमेरिकी डलर सहायता घोषणा गरेकी थिइन्। यस वर्षको निर्वाचनपछि नेपालले संघीयता कार्यान्वयन, महिना तथा युवाको सशक्तीकरण तथा समावेशीता प्रवर्द्धको अवसर पाएको पावरको ठहर छ।

यो सहायता नेपाल र यूएसएडबीच २०२२ को मेमा भएको द्विपक्षीय सहायता सम्झौताअन्तगर्तको हो। यूएसएडले आगामी पाँच वर्षमा नेपालमा कूल ६५९ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता दिनेछ। यो सहायताले महिला, जनजाती, पिछडिएका क्षेत्र, सीमान्तकृत वर्गको उत्थानमा सघाउने उनको विश्वास छ।

यद्यपि नेपालको विकासको नेतृत्व नेपालीले नै लिनुपर्ने र दातृ निकायले सघाउने मात्र काम गर्ने उनको भनाइ छ। ‘हामी नेपालीकै हितका लागि नेपाललाई माया गर्छौं, इतिहासले पनि यस्तै बताउँछ,’ अमेरिकाको सहायताबारे उठ्ने गरेको प्रश्नमाथि उनको जवाफ छ, ‘यस्ता प्रश्नले एकताभन्दा फाटो ल्याउँछ। यी हल्ला मिथ्या सूचनामात्र हुन्।’

यूएसएडकी प्रशासक पावरले नेपाल सम्भावनाको देश रहेको र नेपाली जनता दृढताको पर्याय भएको बताइन्। हासिल  गर्न असहज भए पनि प्रजातन्त्र नेतृत्वलाई उत्तरदायी बनाउने औजार र आर्थिक विकासको माध्यम भएको उनको दाबी छ।

नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नती हुने खबरले खुसी तुल्याएको भन्दै पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थ मन्त्री विष्णु पौडेलले वैदेशिक लगानी भित्र्याउन, निजी क्षेत्रको परिचालन र संघीयता कार्यान्वय आफ्नो प्राथमिकता रहेको सुनाएको जानकारी दिइन्।

भेटका क्रममा पावरले प्रधानमन्त्री दाहाल तथा अर्थमन्त्री पौडेललाई वैदेशिक तथा स्थानीय लगानी प्रर्द्धन गर्न करलगायत झमेला अन्त्य गर्न आह्वान गरेकी थिइन्। नेपाली महिला, जनजाति पिछडिएका वर्गको सशक्तीकरणका लागि लाग्न पावरले अनुरोध गरेकी थिइन्।

नेपाल बसाईका क्रममा आफूले नागरिक समाज, उद्यमी, राजनेता, कृषक, युवा, बालबालिक भेटेको र नेपालको सम्भावना कृषि, पर्यटन तथा स्वच्छ ऊर्जामा रहेको महसुस गरेको बताइन्।

‘नेपालले अहिले पर्यटनमा जोड दिएको रहेछ,’ उनले भनिन्, ‘मलाई लाग्छ अमेरिकी पर्यटकका लागि नेपालले धेरै कुरा अफर गर्नसक्ने रहेछ र अमेरिकीले नेपाल मन पराउने छन्।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.