कमला-कञ्चनपुर राजमार्गको विस्तार तीव्र

कमला-कञ्चनपुर राजमार्गको विस्तार तीव्र
सुन्नुहोस्

सिरहा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मको सडक खण्डमा स्तरोन्नतिको कामले तीव्रता पाएको छ। 

एसियाली विकास बैंक (एडिबी) को सहुलियत ब्याजदरको ऋण लगानीमा विभिन्न खण्डमा कल्भर्ट, पुल र सडक बिस्तार तीव्र रूपमा निर्माण भइरहेको छ। कोरोनाको समयमा पनि काम रोकिएको थिएन। हालसम्म यसको ३५ प्रतिशतभन्दा बढी काम सकिएको छ। 

सडक विभागको एडिबी निर्देशनालयका अनुसार करिब १५ अर्बमा काम सक्ने गरी चिनियाँ कम्पनी चाइना रेल्वे नं. २ इन्जिनियरिङ् ग्रुपले राजमार्ग विस्तारको दुवै खण्डमा ठेक्का पाएपछि निर्माणले तीव्रता पाएको हो। 

करिब ८७ किलोमिटरको यो सडकको बीचमा ‘मेडियन’ (डिभाइडर संरचना) निर्माण गरिनुका साथै दुईतर्फ ७–७ मिटर र एउटा लेन साढे ३ मिटरको रहने जनाइएको छ।

कमला–कञ्चनपुर राजमार्ग खण्डको बजार क्षेत्र बाहिर पर्ने ६८ दशमलव ११ किलोमिटर खण्ड चार लेन र कञ्चनपुर, जण्डोल, वीरेन्द्रबजार, रुपनी, शम्भुनाथ, लहान, गोलबजार, मिर्चैया र बन्दीपुरमा गरी कुल ३२ दशमलव ६ किलोमिटर खण्ड ६ लेनको रहने छ। 

लहान र रुपनीमा अण्डरपास तथा लहानमा दुई ठाउँमा ओभरहेड पुल समेत बनाइने ग्रुपले जनाएको छ।

सन् २०२३ को अक्टुबरसम्म राजमार्ग निर्माण सम्पन्न गर्ने गरी काम थालेको चिनियाँ कम्पनीले निर्माणमा प्रयोग हुने सवारीदेखि इक्युपमेन्ट चाइनाबाटै ल्याएर कामलाई तीव्रता दिएको छ। 

कम्पनीले निर्माणमा आवश्यक पर्ने ट्रेलर, ट्रक मिक्सचर, पानी छर्कने ट्यांकर, विम ढुवानी गर्ने सवारी, वेसकोर्सको लेभल नियन्त्रण राख्न प्रयोग हुने प्रविधि ’लेभ्लिङ् सेन्सर’ जडित  अस्पाल्ट पेभर मेसिन चाइनाबाटै ल्याएको छ। 

ब्रिजजन्य काम थप स्तरिय तथा द्रुत गतिमा सम्पन्न गर्न ’ब्रिज इरक्सन मेसिन’ नेपालमा पहिलोपटक ल्याउन लागिएको सो कम्पनीका सुचना अधिकृत नविन दुवाडीले जानकारी दिए। 

उनका अनुसार  निर्माणमा आवश्यक पर्ने अन्य अत्यधुनिक सामग्रीहरू पनि कम्पनीले चीनबाटै ल्याएको र कतिपय आयातकै क्रममा छ। 

‘काममा कोभिडले प्रभावित बनाएपनि निर्धारित समयमा काम सक्ने गरी काम भइरहेको छ,’उनले भने,‘हामीले दिनरात नभनि काम अगाडि बढाएका छौं। 

हामीलाई गुणस्तर नियन्त्रण गरी कामलाई उचित गति दिने नयाँ प्रविधि मार्फत कार्य सञ्चालन गर्ने साथसाथै नेपालमै प्रचलनमा नरहेका नयाँ उपकरणहरू आयात गरी  गुणस्तर नियन्त्रण तथा सही समयमा काम सक्ने र नेपालमै नमुना हुनेगरि काम गर्ने लक्ष्य रहेको छ।’ 

‘यो योजना निर्माण ढिलो हुनु भनेको राजमार्ग विस्तार पश्चात स्थानीय अर्थतन्त्रको विकासमा ढिलाइ आउनु हो। राज्यले गरेको लगानीको प्रतिफलमा ढिलाइ हुने हो अर्कोतिर स्वंय कम्पनीको समेत लागत बढ्नु हो,’ दुवाडीले भने,‘हामी यही स्प्रिट सहित लागिरहेका छौं। साझा उद्देश्य पूरा गर्न स्थानीय तह परामर्शदाता, आयोजना तथा स्थानीयबीचको सहकार्यबाट मात्र सम्भव छ।’ 

स्थानीय स्तरमा निर्माण सामग्री सीमित भएकाले पर्यावरण जोगाँउदै स्थानीय स्रोत साधनको समुचित प्रयोग गर्ने चुनौतीबीच काम गरिरहेको उनले सुनाए। 

कतिपय कामका लागि स्थानीय स्तरबाट सहयोगको आवश्यकता रहेकोले सहयोग र समर्थन पाउन जरुरी रहेको उनको भनाइ छ। निर्माण सामग्री आउने ठाउँमा नगरपालिकाहरूका कारण ढिलासुस्ती भइरहेको उनले बताए। 

कम्पनीले राजमार्ग खण्डमा चाहिने प्रि–कास्ट कल्भर्ट र प्रि–स्ट्रेस प्रि–कास्ट ब्रिज कम्पनीको यार्डमा अत्याधुनिक प्रविधिको प्रयोग गरी निर्माण भइरहेको छ,’ कम्पनीका दोभाषे प्रियांक केसीले भने, ‘त्यसरी निर्माण गरिएको प्रि–कास्ट कल्र्भट र ब्रिज सिधै राजमार्ग निर्माणमा जडान गर्दै आएको छौं यसले पनि राजमार्ग निर्माण चुस्त दुरुस्त र गुणस्तरयुक्त रहनेमा दुईमत नै छैन।’

प्रि–कास्ट ब्रिज निर्माणका लागि विम समेत चिनियाँ कम्पनीको यार्डमा निर्मित भइरहेको छ सो पुलको विम  सिधै पुलमा लगेर  जडान गरिन्छ। निर्माणका क्रममा आज कल्भर्ट र ब्रिज नभएको स्थानमा भोलिपल्ट हेर्दा सडकमा कल्भर्ट र ब्रिज जडान भएको देखिन्छ। 

जसले गर्दा सडक निर्माण तीव्र गतिमा भइरहेको छ। ‘यस्तो प्रविधि अन्य नेपाली निर्माण कम्पनीका लागि पनि रोलमोडल  हुनसक्छ,’ दुवाडीले भने, ‘जसले निर्माणलाई सहज बनाएको छ।’

कमला–कञ्चनपुर राजमार्ग विस्तारका काम थालेको चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ् ग्रुपका दक्ष प्राविधिकसमेत नेपाली साथसाथै धेरैजसो चाइनाकै छन्। ‘यताका जनशक्ति पनि निर्माणमा खटिएका छन,’ भट्टले भने, ‘चिनियाँ र नेपाली दुवै प्राविधिक जनशक्ति राजमार्ग निर्माणमा खटिएका छन्।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.