मन्त्री केसीले राजीनामा दिएपछि लुम्बिनी प्रदेशको सरकार विस्तारमा सकस

मन्त्री केसीले राजीनामा दिएपछि लुम्बिनी प्रदेशको सरकार विस्तारमा सकस
सुन्नुहोस्

सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी कृष्णा केसीले राजीनामा दिएकी छन्। उनी विना विभागीय मन्त्रीका रुपमा सरकारमा सहभागी थिइन्।

दाङ: लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी सरकारलाई पूर्णता दिने कसरतमा छन्। गिरीले आइतबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्। 

मुख्यमन्त्री सरकारलाई पूर्णता दिने कसरतमा जुटिरहेका बेला सरकारमा सहभागी मन्त्रीले नै राजीनामा दिन थालेपछि केही सकस देखिएको छ। 

सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी कृष्णा केसीले राजीनामा दिएकी छन्। उनी विना विभागीय मन्त्रीका रुपमा सरकारमा सहभागी थिइन्। मुख्यमन्त्रीले मन्त्रिमण्डललाई पूर्णता दिन गरिरहेको पहलकै बेला मन्त्री केसीले राजीनामा दिएपछि मुख्यमन्त्री गिरीलाई सत्ता गठबन्धन मिलाउन सकस भएको छ। 

केसीले शनिबार बिहान मुख्यमन्त्री गिरीलाई राजीनामा पत्र बुझाएकी हुन्। उनले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरिरहेका बेला आन्तरिक मामिला, कानून मन्त्रालयको जिम्मेवारी पाउने सुनेपछि राजीनामा दिएकी हुन्। 

मन्त्रालय बाँडफाँटमा आफूहरूले गरेको दावी नमिलेको भन्दै लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले असन्तुष्टि जनाउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.