प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले अर्ध वार्षिक बजेटबारे वक्तव्य दिने

प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले अर्ध वार्षिक बजेटबारे वक्तव्य दिने
सुन्नुहोस्

उपप्रधानन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/८० को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदनसम्बन्धमा वक्तव्य दिने कार्यसूचीमा उल्लेख छ।

काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। आइतबार अपरान्ह ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'थारु  आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७८  श्रावण-२०७९ आषाढ)' पेश हुने कार्यसूची  रहेको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिए।

उपप्रधानन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/८० को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदनसम्बन्धमा वक्तव्य दिने कार्यसूचीमा उल्लेख छ।

यस्तै बैठकमा नेपाली कांग्रेसका नेता कर्मा घलेको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरिनेछ। नेता घलेको उपचारका क्रममा माघ २४ गते निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.