शिवम् सिमेन्टको ‘शिवम्सँग उपहार योजनाको दोस्रो चरणको लक्की ड्र सार्वजनिक

काठमाडौं : नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा 'शिवम्सँग उपहार टन्न' उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत दोस्रो महिनाको भाग्यशालीको नाम सार्वजनिक भएको छ।
उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना विजेताहरुको नाम लक्की–ड्र मार्फत सार्वजनिक गरिएको शिवम् सिमेन्टले जनाएको छ।
यसअघि पुस २६ गते लक्की–ड्र मार्फत पहिलो महिनाको भाग्यशाली विजेताहरुको छनोट गरिएको थियो।
यसअघि पुस २६ गते लक्की–ड्र मार्फत पहिलो महिनाको भाग्यशाली विजेताहरुको घोषणा गरेको थियो। सियोर सर्ट पुरस्कार मार्फत १ लाख ५० हजारभन्दा बढीले सुन, चाँदी तथा नगद उपहार प्राप्त गरिसकेको उद्योगले जनाएको छ।
शिवम् सिमेन्टले यही मंसिर १८ गते देखि “शिवमसँग उपहार टन्न” नामक नेपालकै सर्वाधिक धनराशीको उपहार योजना सार्वजनिक गरेको थियो। जसअन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्ट खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गरी २०० देखि ५०० रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो।
सोही कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखी मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिनसक्ने व्यवस्था मिलाइएको थियो।
यस योजनामा छोटो समयमै ग्राहकको उल्लेख्य संख्यामा सहभागिता रहेको कम्पनीले जनाएको छ।
सोमबार सम्पन्न लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कार बापत २ भाग्यशाली जोडी बाग्मती–पोखरा क्षेत्रबाट विकास कोइराला र उपत्यका बाहिरबाट राम प्रवेश यादवले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका छन्।
यस्तै दोस्रो पुरस्कारअन्तर्गत दिया लक्ष्मी, शिवराज उप्रेती, साकुरा पावर र रौनक कुमार झासहित चार जोडी विजेताले हेलिटुर पुरस्कार वापत जितेका छन्।
तेस्रो पुरस्कार अन्तर्गत फेवा कन्ष्ट्रक्शन, दिपेन्द्र कुमार झा, केशव कुमार, शर्मिला केसी, नितु मानन्धर तथा थप एक जनासहित ६ जनाले आधा-आधा केजी चाँदी उपहार प्राप्त गरेका छन्।
चौथो पुरस्कार वापत आठ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीले माउन्टेन फ्लाइट उपहार स्वरूप जितेका छन्।
प्रतिक्रिया दिनुहोस !
