अमेरिकी एजेन्डालाई स्थापित गर्न केन्द्रित

अमेरिकी अधिकारीको बाक्लो नेपाल भ्रमण

अमेरिकी अधिकारीको बाक्लो नेपाल भ्रमण
उपसहायक विदेशमन्त्री अफरिन अख्तर
सुन्नुहोस्

संसदबाट अमेरिकी परियोजना एमसीसी अनुमोदन भए पनि स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी)विवादित बनेको थियो।

काठमाडौं : अमेरिकी उच्चस्तरीय अधिकारीले केही समययता लगातार नेपाल भ्रमण गरिरहेका छन्। त्यही क्रममा सोमबार अमेरिकाकी उपसहायक विदेशमन्त्री अफरिन अख्तर पनि काठमाडौं आइपुगेकी छन्। उनी दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्छिन्।

अख्तरले नेपाल भ्रमणका क्रममा सरकारी र नेपाली सेनाका अधिकारीसँग भेटघाट गर्ने अमेरिकी दूतावासले जनाएको छ। इसिमोड तथा ऊर्जा नेपालका नेपाली साझेदारसँग पनि छलफलको कार्यक्रम रहेको जनाइएको छ। ‘जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा अनि लोकतन्त्र, मानवअधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने विषयमा छलफल हुनेछ’, दूतावासले भनेको छ। 

संसद्बाट अमेरिकी परियोजना एमसीसी अनुमोदन भए पनि स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी)विवादित बनेको थियो। त्यससम्बन्धी विवाद उत्कर्षमा पुगेपछि सरकारले एसपीपी अगाडि नबढाउने निर्णय गरेको थियो। यद्यपि, अमेरिकाले नेपालमा एसपीपी लागू गर्न चाहेको स्रोतको भनाइ छ। उपसहायक विदेशमन्त्री अख्तरले प्रधानसेनापति प्रभुराम शर्मासहित नेपाली सेनाका उच्च अधिकारीसँग एसपीपीबारे छलफल गर्ने स्रोतको भनाइ छ। 

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग निकाय (यूएसएआईडी)की प्रशासक सामन्था पावर हालै नेपाल आएकी थिइन्। उनले ५ करोड ८५ लाख डलर सहायता घोषणा गरेकी थिइन्। पावरले यूएसएआईडी र नेपालबीचको ७५ वर्षे सहकार्य प्रभावकारी भएको बताएकी थिइन्। नेपालको उत्थानलाई आफूले दायित्व ठानेको र थप योगदानको अवसर खोजिरहेको उनको भनाइ थियो। त्यसअघि राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल भ्रमणमा आएकी थिइन्। न्युल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न दलका शीर्ष नेतासँग भेटवार्ता गरेकी थिइन्। उनी नेपालपछि भारत, श्रीलंका र कतारको भ्रमण गरेकी थिइन्। 

अब अर्को साता पनि अमेरिकाबाट उच्चस्तरीय भ्रमण हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। ती स्रोतका अनुसार अमेरिकी राष्ट्रिय सुरक्षापरिषद्‍को दक्षिण एसियाकी वरिष्ठ निर्देशक रियर एठमिरल इलिनलाउबाचार नेपाल आउन लागेकी हुन्। 

पछिल्लो समय नेपालमा अमेरिकाको दक्षिण एसिया मामिला हेर्ने कूटनीतिज्ञको बाक्लै भ्रमण चीनको प्रभाव कम गर्न र अमेरिकी एजेन्डालाई स्थापित गर्न केन्द्रित रहेको स्रोतले बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.