त्रिकोणात्मक शृंखला : नेपालले आज नामिबियासँग खेल्दै

त्रिकोणात्मक शृंखला : नेपालले आज नामिबियासँग खेल्दै
सुन्नुहोस्

लिग–टुमा सात राष्ट्रको सहभागिता छ।

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखला नेपालका लागि महत्वपूर्ण रहेको बताएका छन्। मंगलबारबाट कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुने आईसीसी क्रिकेट विश्वकपअन्तर्गत लिग–टु शृंखला अघि आयोजित पत्रकार सम्मेलनमा पौडेलले घरेलु टोली नेपालका लागि महत्वपूर्ण रहेको बताएका हुन्।  

‘यो शृंखला हाम्रा लागि एकदमै महत्वपूर्ण छ। आगामी शृंखला पनि यसैमै भर पर्छ। अन्तिम १२ वटा खेलमध्ये नौ खेल जित्नुपर्ने अवस्था छ’, पौडेलले भने, ‘सबै खेलाडी उच्च मनोबलका साथ मैदान उत्रिने छन्। हामी शारीरिक र मानसिक रुपमा तयारी अवस्थामा छौं।’ नेपाल शृंखलाको आयोजक भएकाले घरेलु मैदानको महत्व र सुविधा आफूहरूलाई रहेको कप्तान रोहितले बताए। ‘घरेलु मैदानको फाइदा हामीलाई हुन्छ। यहाँको मैदानका बारेमा हामीलाई सबै थाहा छ’, उनले भने।

फागुन ९ गतेसम्म हुने शृंखलाको पहिलो खेलमा नेपालले मंगलबार नामिबियासँग खेल्नेछ। नेपालले दोस्रो खेल स्कटल्यान्डसँग शुक्रबार खेल्नेछ। यस्तै शनिबार नेपालले नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्यान्डसँग फागुन ९ गते पुनः प्रतिस्पर्धा गर्नेछ।

लिग–टुमा सात राष्ट्रको सहभागिता छ। स्कटल्यान्ड ३२ खेलमा २२ मा जित र ८ मा हारका साथ ४६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ। ३६ खेलमा ४४ अंकका साथ ओमान दोस्रो स्थानमा छ। ३० खेलमा ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छ।

३६ खेलमा ३५ अंक बनाएको अमेरिका चौथो, २६ खेलमा २७ अंक बटुलेको यूएई पाँचौं, २४ खेलमा १८ अंक जोडेको नेपाल छैटौं र २८ खेलमा पाँच अंक मात्रै बनाएको पपुवा न्युगिनी अन्तिम स्थानमा छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.