विशेष आर्थिक क्षेत्रमा निर्माणाधीन भवनको ढलान खस्यो

विशेष आर्थिक क्षेत्रमा निर्माणाधीन भवनको ढलान खस्यो
सुन्नुहोस्

सिमराः करोडौको लागतमा विशेष आर्थिक क्षेत्र (सेज) भित्र निर्माणका क्रममा रहेको प्रदर्शनी भवनको ढलान सोमबार खसेको छ। 

भवनको पहिलो तल्लाको ढलान कार्य भइरहेका बेला उक्त घटना भएको हो। ढलान खस्दा दुई मजदुर सामान्य घाइते भएका छन्।

स्थानीय अस्पतालमा उपचार गराएर घर फर्किएका उनीहरूको अवस्था सामान्य छ। तर घटनामा ठेकेदार कम्पनीको लापरवाही देखिएको छ। 

सेजमा कार्यरत प्राविधिकका अनुसार ठेकेदार कम्पनीले गरेको लापरवाहीका कारण उक्त घटना हो। प्रदर्शनी भवनको ढलान आफैंमा चुनौतीपूर्ण रहेको अवस्थामा ठेकेदार कम्पनीले बलियो टेका लगाउनेतर्फ ध्यान नदिएको सेजका प्राविधिक बताउँछन्। 

उक्त भवन निर्माणको जिम्मा काठमाडौंको प्रतिष्ठा कन्स्ट्रक्सनले पाएको थियो। सेजको ए ब्लकमा निर्माणाधीन उक्त प्रदर्शनी भवनसहित चमेना गृह, दुईवटा प्रवेशद्वार र सुरक्षा गार्ड भवन बनाउन ठेकेदार कम्पनीले ९ करोडमा ठेक्का लिएको हो। 

एक वर्षअघि काम सुरु गरेको उक्त कम्पनीले प्रदर्शनी भवनको ढलान कार्य आइतबार सुरु गरेको थियो। पहिलो दिनमा ढलान कार्य सम्पन्न गर्न नसकेपछि सोमबार बिहानदेखि काम सुरु गरेको थियो। 

करिब २६/४५ मिटरको उक्त प्रदर्शनी भवनको ढलान भत्किएपछि सेजले विज्ञ टोली गठन गर्ने भएको छ। 

सेजका इन्जिनियर अजय चौधरीले घटनाका विषयमा केन्द्रलाई जानकारी गराएको र केन्द्रबाट विज्ञ टोली छानविनका लागि आउने बताए। 

चौधरीले ठूलो प्रदर्शनी भवनको ढलान गर्दा अपनाउनुपर्ने सावधानी ठेकेदार कम्पनीले नअपनाएका कारण घटना भएको बताए। उनले क्षतिको सम्पूर्ण जिम्मेवारी ठेकेदार कम्पनीले लिनुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.