मोरङमा ८ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

मोरङमा ८ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
मोरङका सञ्चालन गर्न लागिएको हात्तीपाइलेविरुद्धको अभियानका बारेमा जानकारी दिँदै जिल्ला जनस्वास्थ्य प्रमुख डा. सुरेश मेहता। तस्बिर : किशोर बुढाथोकी
सुन्नुहोस्

विराटनगर : मोरङमा यसवर्ष ८ लाख जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको छ। 

औषधि खुवाउने उमेर समूहका ११ लाख २८ हजार ९ सय ५७ जना छन्। जसमध्ये ८० प्रतिशतलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्यसहित त्यही अनुरूपको तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए। 

उनका अनुसार मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान फागुन ११ गतेबाट सुरु हुने छ। 

‘मोरङमा हात्तिपाइलेविरुद्ध १२ औँ चरणको अभियान सुरु हुँदैछ। त्यसका लागि तयारी तीव्र पारिएको छ,’ मेहताले भने, ‘अभियानलाई प्रभावकारी बनाएर ८० प्रतिशत अर्थात ८ लाख जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ। यसअघिका अभियान प्रभावकारी भएको पाइएन।’ 

औषधि सेवन प्रभावकारी नभएकै कारण १२ औँ चरणको अभियान सञ्चालन गर्नु परेको उनले बताए। 

आगामी अभियानलाई भने प्रभावकारी बनाइने उनको भनाइ छ। हात्तीपाइलेविरुद्धको औषधि खानका लागि सबैलाई अभिप्रेरित गर्न पनि मेहताले आग्रह गरेका छन्। 

लक्षित उमेर समूहकाले औषधि सेवन नगरेकै कारण यसअघिका अभियान निष्प्रभावी भएको उनको भनाइ छ। 

‘हात्तीपाइलेलाई निर्मूल पार्न सबै पक्षको सहयोग आवश्यक पर्छ। त्यसका लागि लक्षित उमेर समूहकाले अनिवार्य औषधि सेवन गर्नुपर्छ,’ उनले भने, ‘अनेक भ्रमका कारण हात्तीपाइलेविरुद्धको अभियान प्रभावकारी हुन सकेन। विभिन्न भ्रमका पछाडि लागेर सहरी क्षेत्रमा बसोबास गर्ने र शिक्षित वर्गले नै औषधि सेवन नगर्ने गरेको पाइएको छ।’ 
तर, हात्तीपाइलेलाई निर्मूल पार्न सचेत भएर सबैले औषधि सेवन गर्नुपर्नेमा मेहताको जोड छ। शिक्षित समुदायले नै औषधि सेवन नगरेका कारण हात्तीपाइलेविरुद्धको लक्ष्य यसअघि हासिल हुन नसकेको उनको भनाइ छ। 

उनका अनुसार आगामी अभियान सञ्चालनका लागि २ हजारभन्दा बढी स्वास्थ्यकर्मी परिचालनको तयारी गरिएको छ। मोरङमा नियमित ५ वर्षसम्म हात्तीपाइलेविरुद्धको औषधि सेवन गर्ने १६.७८ प्रतिशत मात्र रहेको मेहताले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.