कोसी अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट

कोसी अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट
कोसी अस्पतालका नवनियुक्त निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रविनराज सिंह। तस्बिर : किशोर बुढाथोकी
सुन्नुहोस्

विराटनगर : विराटनगरस्थित कोसी अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्त गरिएको छ। कोसी अस्पताल प्रदेश १ कै ठूलो सरकारी स्वास्थ्य संस्था हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको प्रमुखका रूपमा वरिष्ठ कन्सलटेन्ट सर्जन डा. रविनराज सिंहलाई मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरेको हो। 

१० औँ तहका चिकित्सक सिंहले निमित्त मेसुको जिम्मेवारी पाएका हुन्। यसअघि अस्पतालकै १० औँ तहका चिकित्सक एवं वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादव निमित्त मेसु थिए। यादवलाई गत भदौ १६ गते निमित्त मेसुको जिम्मेवारी दिइएको थियो। 

मन्त्रालयले सिंहलाई नयाँ मेसु नियुक्त गरेपछि यादव पुरानै जिम्मेवारीमा फर्किएका छन्। कोसी अस्पतालमा मेसुको दरबन्दी ११ औँ तहको छ। कोसीमा ११ औँ तहका २ जना चिकित्सक कार्यरत छन्। उनीहरूले मेसुमा रहने इच्छा नदेखाएपछि १० औँ तहका सिंहले निमित्तको जिम्मेवारी पाएको स्रोतले बतायो। 

नवनियुक्त मेसु सिंहले मंगलबारदेखि कार्यभार सम्हालेका छन्। सिंहको पदस्थापन कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराई, सदस्य मुकेश बुढाथोकी, देवा यादव तथा अस्पतालका वरिष्ठ फिजिसियन दीपक सिग्देल, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ यज्ञराज खरेलसहित चिकित्सकहरू रोशन खड्का, महेन्द्र महतो, सुधीर श्रेष्ठ, रवि बस्ताकोटी, अञ्जु देव, क्षीतिज गिरीलगायत सहभागी थिए। 

अस्पताल विकास समितिका पदाधिकारी, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलगायतले सिंहलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिए। 

नवनियुक्त मेसु सिंहले अस्पतालको सेवा सुविधालाई सुधार गर्ने प्रतिवद्धता जनाएका छन्। ‘सेवा प्रवाहमा सुधार गर्दै सरकारी अस्पताललाई माथि उठाउन प्रयत्न मबाट हुने छ,’ उनले भने, ‘त्यसका लागि सबै पक्षबाट सहयोगको अपेक्षा गरेको छु।’

अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले काम गर्ने चाहना बोकेर आएका मेसुलाई काम गर्न सहज हुने बताए। ‘अस्पताल सुधार, कर्मचारी व्यवस्थापन एवं परिचालन, सेवा प्रवाह, बिरामीको उपचारमा मेसुको भूमिका विशेष हुन्छ,’ उनले भने, ‘ प्रभावकारी हिसाबले अस्पतालको आन्तरिक सुधारका निम्ति मेसुले ध्यान दिनुपर्छ।’

विकास समितिका सदस्य मुकेश बुढाथोकीले सरकारी स्वास्थ्य संस्थालाई माथि उठाउन सबैले सहयोग गर्नुपर्ने बताए।

‘पारिवारिक आर्थिक अवस्था कमजोर भएकाहरू उपचारका लागि सरकारी अस्पताल आउँछन्,’ उनले भने, ‘उपचारका लागि आउने सबै बिरामीले सहज उपचार पाउने वातावरण बनाउन मेसुले भूमिका खेल्नुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.