नामिबियाले स्कटल्यान्डलाई दियो १५४ रनको लक्ष्य

नामिबियाले स्कटल्यान्डलाई दियो १५४ रनको लक्ष्य
सुन्नुहोस्

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नामिबियाले ३९.२ ओभरमा सबै विकेट गुमाएर १५३ रनको योगफल तयार गर्‍यो।

काठमाडौं : लो हान्ड्रे लौरेन्सको अर्धशतकप्रेरित नामिबियाले विश्वकप क्रिकेट लिग- २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा स्कटल्यान्डलाई १५४ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नामिबियाले ३९.२ ओभरमा सबै विकेट गुमाएर १५३ रनको योगफल तयार गर्‍यो। नामिबियाका लागि ओपनिङमा आएका लौरेन्सले ८८ बलमा पाँच चौकासहित ५४ रन बनाएका थिए।

स्कटल्यान्डको सकिट बलिङसामू संघर्षरत नामिबियाले सात ब्याटरलाई १० भन्दा कम रनमा गुमाउनु परेको थियो। लौरेन्सबाहेक विकेटकिपर–ब्याटर जेन ग्रीनले ३५ बलम २५ रन जोड्दा अन्य पाँच ब्याटर सस्तैमा समेटिए। यस्तै, बर्नार्ड स्कोल्जले ३९ बलमा तीन चौका र एक छक्कासहित ३० रन बाहेक अन्य ब्याटरको उल्लेख्य प्रदर्शन रहेन।

स्कटल्यान्डका लागि माइकल लिस्कले ८.२ ओभरमा २४ रन खर्चेर एक मेडनसहित सर्वाधिक चार विकेट लिए। यस्तै सफयान शरिफ, र मार्क वाटले तीन–तीन विकेट लिए।

मंगलबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपालसँग नामिबिया दुई विकेटले पराजित भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.