छलफल बिना निष्कर्ष

राष्ट्रपतिमा ओली-प्रचण्डबीच जुटेन सहमति

ओली र प्रचण्डको आ-आफ्नो अडान

राष्ट्रपतिमा ओली-प्रचण्डबीच जुटेन सहमति
सुन्नुहोस्

कांग्रेसलाई समेत लिएर राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने प्रचण्डको अडानपछि एमाले अध्यक्ष ओली सशंकित बनेका छन्।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपतिको विषयमा एमाले र माओवादीबीच भएको सहमति पालना नगर्ने संकेत गरेका छन्। बिहीबार बिहान बालुवाटारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहमति अनुसार एमालेले राष्ट्रपति पाउनुपर्ने अडान राखेपनि प्रचण्डले त्यसलाई अस्वीकार गरेका हुन्। कांग्रेसलाई समेत लिएर राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने प्रचण्डको अडानपछि एमाले अध्यक्ष ओली सशंकित बनेका छन्।

बालकोटमा पुस १० मा प्रचण्ड प्रधानमन्त्री हुने र राष्ट्रपति एमालेले लिने, सभामुख आधा–आधा कार्यकाल लिने मुख्य सहमति भएको थियो।  जस अनुरूप एमालेबाट देवराज घिमिरे सभामुख भएका छन्। प्रधानमन्त्री र सभामुखमा सम्झौताअनुसार परिणाम पनि आइसकेका छन्। तर, अब राष्ट्रपतिका विषयमा भएको सम्झौता के हुन्छ भन्ने चर्चाको विषय बनेको छ। 

बालुवाटार स्रोतका अनुसार आजको बैठकमा ओलीसमक्ष प्रचण्डले राष्ट्रिय सहमति बनाएर राष्ट्रपति निर्वाचनमा जानुपर्ने तर्क गरेका छन्। पुस २६ गते कांग्रेससहित २ सय ६७  सांसद्बाट विश्वासको मत पाएपछि प्रचण्डको बोली फेरिएको छ। पछिल्लो समयमा माओवादी केन्द्रले सार्वजनिक रुपमा राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने बताइरहेको छ। एमाले नेताहरु भने एमालेको उम्मेदवार राष्ट्रपति बन्ने यस अगाडि नै सहमति भएको अभिव्यक्ति दिइरहेका छन्।

कांग्रेसले विश्वासको मत दिएपछि ओलीले संसदमा भनेका थिए, ‘कांग्रेसको यस व्यवहारलाई सरकारमाथि विश्वास गरेको मान्न सकिँदैन। मैले त्यति बेलै भनेको थिएँ मतदान मात्रै गरेको भए त ठीकै हो। ढोक्सा थापेको हो भने गल्ती हो। ढोक्सा बेलुका थापिन्छ, अँध्यारोमा माछा पार्न खोजिन्छ।’ 

 तर मंगलबार अनेरास्ववियुको २३औं महाधिवेशन उद्घाटनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गठबन्धन तोडिने संकेत गरेका छन्। ‘पाँच दलीय गठबन्धन तोडेर अर्को सरकार बनाएका छौं। यो सफलताको कुरा हो। कथमकदाचित यो स्थिति फेरियो भने,’उनले संकेत गरे,‘संसद्को बनावट नै अस्थिरताको कारक बनेको छ। स्थिरता, स्थायित्व हुन नदिने प्रयास भइरहेको छ । यो देश वर्वाद पार्न भित्र, बाहिरका शक्तिहरू क्रियाशील छन्। हामी सचेत हुनुपर्छ। ’

ओलीसँगको भेट्नु अगाडि आज बिहान पनि प्रचण्डले कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र रास्वपाका सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेट गरेका छन्। राष्ट्रपति निर्वाचनलाई लिएर नेपाली कांग्रेसले सत्ता गठबन्धनलाई भत्काएर एमालेलाई एक्ल्याउने कसरत गरेको छ। गत निर्वाचनमा मोर्चाबन्दी गरेर एमालेविरुद्ध निर्वाचनमा लडेको कांग्रेसले राष्ट्रपति निर्वाचनमा पुन: माओवादी केन्द्रलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरेको हो। पछिल्लो समय कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुको भेटघाट बाक्लिएको छ। 

बिहीबार बिहान पनि कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका हुन्। उनीहरुबीच राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनको विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। माओवादी केन्द्रले समेत कांग्रेसले दिने उमेदवारप्रति लचक हुने संकेत देखाएको छ। 

यस अगाडि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा लगायतका नेताहरुले विभिन्न चरणमा छलफल गरेका छन्। कांग्रेसले माओवादी केन्द्रसँगको सहमतिमै राष्ट्रपति पदको उम्मेदवार टुंगो लगाउने तयारी गरिरहेको छ। केन्द्रदेखि प्रदेशसम्म सत्ता बाहिर रहेको कांग्रेस माओवादीलाई फकाएर पुरानो गठबन्धन पुन  : बिउँत्याउन सक्दो प्रयास गरिरहेको छ।

राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको मतभार निर्णायक छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.