साढे ६ वर्षदेखि पुल निर्माणको काम अलपत्र

साढे ६ वर्षदेखि पुल निर्माणको काम अलपत्र
जाजरकोटको नलगाड र रुकुमपश्चिमको आठबीसकोट जोड्ने पुल निर्माणस्थल।
सुन्नुहोस्

साढे ६ वर्षअघि यो पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। तर ठेकेदार कम्पनीको लापरबाहीले हालसम्म पनि पुल निर्माणको काम हुन सकेको छैन।

जाजरकोट : जाजरकोटको नलगाड १० र रुकुमपश्चिमको आठबीसकोट ५ स्यालाखदी जोड्ने पुल निर्माणको काम अलपत्र परेको छ। साढे ६ वर्षअघि यो पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। तर ठेकेदार कम्पनीको लापरबाहीले हालसम्म पनि पुल निर्माणको काम हुन सकेको छैन।

समयमै पुल नबन्दा स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका छन्। ३० महिनामा बन्नुपर्ने पुल सम्झौता भएको साढे ६ बर्ष बितिसक्दा पनि निर्माण हुन नसकेको हो। २०७३ असार ३१ गते मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौंले भेरी नदीमा पुल निर्माण गर्न सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको थियो। तोकिएको समयमा पुल निर्माण सम्पन्न नभएपछि पछिल्लो पटक थपिएको म्याद अनुसार पनि ०७७ पुस ३० गतेभित्र निर्माण हुनुपर्ने उल्लेख छ।

तर, हालसम्म पनि पुल निर्माण हुन सकेको छैन। सडक डिभिजन कार्यालय चौरजहारीले २०७९ कात्तिक २९ गते ठेक्का किन नतोड्ने भन्दै अन्तिम पत्र पठाएको डिभिजन प्रमुख आशुतोष कर्णले बताए। मौखिक तथा लिखित रुपमा पटक–पटक ताकेता गर्दा पनि ठेकेदार कम्पनीले सम्झौता अनुसारको काम नगर्दा पुल निर्माणको काम अलपत्र परेको उनले बताए। ‘चेतावनीसहित अन्तिम पटक पत्र लेखेका छौं’ उनले भने, ‘अब पनि काम सुरु नगरे ठेक्का सम्झौता तोडिनेछ।’ 

तोकिएको समयमा स्पष्टिकरण पेश नभएमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम कारबाही गरिने पत्रमा उल्लेख छ। पुलको केही काम भए पनि मजदुरले ज्यालासमेत नपाएको नलगाड नगरपालिका १० का सुरेन्द्र थापाले बताए।

रुकुमपश्चिमको आठबीसकोट नगरपालिका ५ गोतामकोटका करवीर बस्नेतले काम गरेको रकम नपाएको गुनासो गरे। गोतामकोटकै गुमलाल विकको नेतृत्वमा काम गरेका मजदुरले १० लाखर स्थानीय मजदूर जयलाल भण्डारीको नेतृत्वमा काम गरेको मजदुरले ६ लाख रुपैयाँ पाएका छैनन्। 

मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौंको नामबाट आफूले काम गर्ने भन्दै अर्का निर्माण व्यवसायी रत्नबहादुर खड्काले बैंक ग्यारेन्टीसमेत राखेर काम सुरु गरेका थिए। तर, सम्झौता मितिभन्दा बढी समय लगाएपछि पेश्की रकम कार्यालयले फिर्ता लिएको थियो। पेश्की फिर्ता लिएपछि काम नगर्ने भन्दै खड्काले काम छोडेका छन्। कूल ९ करोडमा उक्त पुल निर्माण गर्ने सम्झौता भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.