छोरीको न्याय खोज्दै सुरदेव

छोरीको न्याय खोज्दै सुरदेव
सुन्नुहोस्

गौशाला: छोरीमाथि घरपरिवारबाटै अन्याय भएपछि कानूनी उपचारको बाटो रोजेका धनुषाका सुरदेव पुर्वे न्याय नपाएको भन्दै चिन्तामा छन्।

गौशाला नगरपालिका ५ घर भएका छोरीका ससुरालीपक्षले क्रमिक रुपमा यातना दिन थालेपछि गत एक हप्तादेखि कानूनी उपचार खोजेपनि सम्बन्धित निकाय मौन भएपछि अझ न्याय पाउने कुनै छाँटखाट नदेखिएको सुरदेव पुर्वेले बताए ।

 गत साता वैवाहिक बन्धनमा बाँधिएकी छोरीलाई निर्घात कुटपिट हुँदासमेत प्रहरी प्रशासन, नगरपालिकाको न्यायिक समिति, महिला अधिकारसँग सम्बन्धित संस्थाले कुनै पहल नगरेको उनले बताए।

पुर्वेले भने, ‘अब त न्याय दिलाउने प्रहरी तथा नगरपालिकाको ढोका नै बन्द भएजस्तो छ। प्रहरीले दोषीलाई देखावटी रुपमा पक्राउ गर्छन् तर केही बेरमै छोडिदिन्छ। उनीहरू छुटेर घर गएपछि फेरि मेरी छोरीलाई दुर्व्यवहार गर्दै निर्घात रुपमा कुटपिटमा उत्रिन्छ। फेरि म प्रहरी समक्ष न्यायको लागि आउँछु उही क्रम दोहोरिन्छ। मलाई लाग्छ म जस्ता गरिवको हकमा प्रहरी प्रशासनले न्याय दिलाउनका लागि असक्षम छ। उनीहरू पनि पहुँच र पैसावालाकै कुरा सुन्दा रहेछन्।’

आर्थिक रुपमा कमजोर रहेका सुरदेव भारतमा मजदुरी गरि परिवार पाल्दै आएका छन्। उनले भने, ‘हरेक बाबुआमाको चाहना हुन्छ कि सन्तानको भविष्य सुखी र सम्पन्न होस्। मैले पनि त्यही सोचेर ऋण खोजेर भएपनि गौशालामा आफ्नै मेडिकल सेन्टर भएको केटासँग छोरीको विवाह गरिदिए। मलाई ऋणदेखि केही चिन्ता थिएन्। छोरीको बिहे भएको केही दिन नबित्दै ससुरालीपक्षको कठोर हिंसामा परेकी छिन् । म छोरीलाई न्याय दिलाउनका लागि ऋण लिएर घरबाट यहाँ आएको छु। यहाँ न्याय पनि पाईन्, ऋणमा उठाएको पैसा पनि खर्च भएछ । विवाहमा खर्च गरेको पैसाको ऋण चुक्ता गर्न म भारतको लुधियाना जाने प्लान स्थगित गरेर छोरीको न्याय दिलाउनेपथमा छु तर यहाँ त अर्कै सिस्टम रहेको छ।’

उनकी १९ वर्षीया छोरीको गौशाला ५ का रामचन्द्र साहका जेठा छोरा लालेन्द्र साहसँग गत असारमा विवाह भएको थियो। विवाह भएको केही दिन बित्दै ससुरालीपक्षले कुटपिट गर्दै छोरीलाई जर्वजस्ती देवर शैलेन्द्रसँग शारीरिक सम्बन्ध बनाउन विवश पारेका थिए। हिंसा सहन नसकेपछि गत सातामात्रै समाजले छोरीको विवाह देवरसँग गरिदिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.