जापानले सहज भिसा दिने

जापानले सहज भिसा दिने
फाइल तस्बिर।
सुन्नुहोस्

जापान : जापानले विदेशी विशेष क्षमता भएका दक्ष जनशक्तिलाई भिसा प्रक्रियामा सरलीकृत गर्दै फास्ट ट्र्याकबाट भिसा दिने भएको छ। उन्नत व्यापार र व्यवस्थापन गतिविधिमा आवेदन गर्नेहरूका लागि ५ वर्ष वा सोभन्दा बढीको रोजगारी रेकर्ड र वार्षिक ४० मिलियन येन आम्दानी भएमा जापानले ५ वर्षको भिसा दिनेछ। 

मन्त्रीस्तरीय बैठकले युवा विदेशी दक्ष जनशक्तिलाई जापानमा रोजगारी खोज्न सहज बनाउन यस्तो निर्णय गरेको हो। 

जापानको अध्यागमन सेवा एजेन्सीद्वारा तोकिएको विश्व वरियता सूचीमा शीर्ष सयमा परेका विश्वविद्यालयबाट स्नातक गरेका विदेशीलाई ‘निर्दिष्ट गतिविधि’ भिसा दिइनेछ। जसले उनीहरूलाई जागिर खाँदै दुई वर्षसम्म बस्न सक्षम बनाउने छ। 

सरकारले जनताको राय लिएर अप्रिलमा नयाँ पद्धति सुरु गर्ने लक्ष्य राखेको छ। भिसा प्रदान गर्न शैक्षिक, रोजगारी पृष्ठभूमि र वार्षिक आम्दानीसहितका योग्यतालाई बिन्दुमा आधारित प्रणालीलाई अबलम्वन गर्ने बताइएको छ। 

दक्ष कामदार प्राप्त गर्ने विश्वव्यापी दौडले तातेको यस समयमा दक्ष जनशक्ति पाउन जटिल देखिएको विश्लेषकहरूको भनाइ छ। सरलीकृत आवश्यकताअन्तर्गत ५ वर्षको भिसा प्राप्त गर्नेहरूले पनि हालका धारकहरूका लागि ३ वर्षको तुलनामा एक वर्षको बसोबासपछि स्थायी भिसाका लागि योग्य हुनेछन्। 

‘लागू गर्न लागिएको नयाँ प्रणालीले उच्चस्तरीय क्षमता भएकाहरूलाई प्राथमिकता दिनेछ’, मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले मन्त्रीस्तरीय बैठकमा बताए। 

२०१२ मा सुरु गरिएको वर्तमान प्रणालीअन्तर्गत, गत वर्ष जुनसम्म कुल ३४ हजार ७ सय २६ व्यक्तिले ५ वर्षे भिसा प्राप्त गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.