कैलाश मानसरोवर यात्रा फेरि सुरु गर्न भारत र चीन सहमत

कैलाश मानसरोवर यात्रा फेरि सुरु गर्न भारत र चीन सहमत
सुन्नुहोस्

भारत र चीनबीच यसै वर्षको गर्मी मौसमबाट कैलाश मानसरोवर यात्रा फेरि सुरु गर्ने सहमति भएको छ। यससँगै भारत र चीनबीच सिधा उडान सेवा पनि सुरु हुने जनाइएको छ। तर सुरु हुने मिति भने तोकिएको छैन।

भारतीय विदेश सचिव विक्रम मिस्त्री र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङमा भएको दुई दिने बैठकमा यी दुई निर्णयमा सहमति भएको जनाइएको छ।

सन् २०२० देखि दुई देशबीचको कैलाश मानसरोवर यात्रा र सिधा हवाई सेवा बन्द थियो। दुई देशबीचको सीमा विवादले निम्त्याएको खराब सम्बन्ध र कोभिडको कारण उक्त यात्र बन्द भएको जनाइएको छ।  

पछिल्लो समय भारत र चीन आपसी सम्बन्ध राम्रो बनाउन जोड दिइरहेको देखिन्छ।  

प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले पाँच वर्षपछि गत वर्ष अक्टोबरमा कजानमा भेटेका थिए। त्यसपछि दुवैले आपसी सम्बन्धको अवस्थाबारे छलफल गरेर सम्बन्ध सुधार गर्न केही कदम चाल्न सहमत भएका थिए।

त्यसयता पछिल्लो ३ महिनामा, चीन-भारत सीमामा रहेको डेमचोक र डेप्साङका विवादित क्षेत्रहरूबाट दुवै देशका सेना फिर्ता भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.