लुम्बिनी प्रदेशमा मन्त्रीको जिम्मेवारी हेरफेर
दाङ : लुम्बिनी प्रदेशका मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ।
मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रिपरिषद्को जिम्मेवारीमा हेरफेर गरेका हुन्।
कृषि तथा भूमि व्यवस्था मन्त्रीका रुपमा जनता समाजवादी पार्टीका भण्डारीलाल अहिर नियुक्त भएका हुन्। कृषि तथा भूमि व्यवस्था मन्त्रीका रूपमा शपथ लिएका तुलसीराम शर्म बिना विभागीय मन्त्री बनेका छन्।
नवनियुक्त मन्त्री अहिर बाँकेको निर्वाचन क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका हुन्। नवनियुक्त मन्त्रीको शपथ ग्रहण सोमबार बिहान ११ बजे हुने सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए।