सेवाग्राहीलाई सास्ती

टेलिकमका सेवा सुधार्न व्यवस्थापनलाई अल्टिमेटम

टेलिकमका सेवा सुधार्न व्यवस्थापनलाई अल्टिमेटम

टेलिकमको सञ्चार सेवा अवरुद्ध हुने क्रम बढ्दै गएपछि सेवाग्राही पनि आजित भएका छन्। 

काठमाडौं : नेपाल टेलिकमका सेवाहरूमा बारम्बार समस्या देखिएपछि कर्मचारी युनियनहरूले तत्काल सुधार गर्न नेतृत्वलाई अल्टिमेटम दिएका छन्। एक महिनामै तीन पटक पोस्टपेड मोबाइलमा समस्या आएपछि उनीहरूले व्यवस्थापनलाई चेतावनी दिएका हुन्। 

टेलिकमले माघ ३ गते आएको समस्यामा विज्ञप्ति जारी गरी प्र्राविधिक समस्याका कारण ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमा मागेको थियो। पछिल्लो समयमा फागुन ३ र ४ गते पनि यस्तै समस्या आएको थियो। 

टेलिकमले जीएसएम पोस्टपेड मोबाइलको बिलिङमा समस्या आएको जनाएको छ। चार वटा युनियनले भने समस्या दोहोरिन गएको र कम्पनीले क्षति व्यहोर्नु परेकोमा छानबिन गरी सात दिनभित्र समस्या समाधान गर्न ध्यानाकर्षण गरेका छन्। ‘बिलिङमा प्राविधिक समस्या देखाइएको छ,’ नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका महासचिव तेजबहादुर शाही भन्छन्, ‘बिलिङ सिस्टम आउटडेड भइसक्यो नयाँ जडान गर्नुपर्नेमा व्यवस्थापन पक्षबाट टालटुले जवाफ मात्रै दिने गरेका छन्।’ 

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका महासचिव मणि पोखरेलले कर्मचारीले शुक्रबार ध्यानाकर्षण गराएसँगै छलफल सुरु भएको बताए। उनका अनुसार आइतबार ९/१० घण्टासम्म टेलिकम सञ्चालक बोर्ड, उच्च व्यवस्थापन र चारवटा कर्मचारी युनियनका अध्यक्षहरूबीच टेलिकम सुधारका विषयमा छलफल भएको थियो। प्रबन्ध निर्देशक सुनील पौडेलले एक साताभित्र सुधारका प्रक्रिया सुरु गर्ने प्रतिबद्धता जनाएको उनले बताए।

बिलिङमा बारम्बार समस्या आएपछि कर्मचारी युनियनहरूले व्यवस्थापन र बोर्डको गत शुक्रबार ध्यानाकर्षण गराएका हुन्।  नेपाल टेलिकम वर्कस् युनियनका महासचिव लोकेन्द्र पनेरूले पछिल्लो समयमा नेतृत्वबाट सुधार गर्ने प्रतिबद्धता आएको बताए। टेलिकम सुधारका लागि बोर्ड र व्यवस्थापनबीच छलफल सुरु भएको जनाइएको छ। बिलिङ सिस्टम ‘आउटडेड’ भएका कारण पछिल्लो समयमा नेपाल टेलिकममा समस्या आएको जनाइएको छ।


सेवाग्राहीले सास्ती भोगिरहनुपर्ने अवस्था अन्त्य गर्न टेलिकम कर्मचारी युनियनहरूले माग गरेका छन्। उनीहरूले सिस्टम र सेवाको प्राविधिक परीक्षण गराउन भनेका छन्। दोषी उपर कारबाही गर्न, दूरसञ्चार सेवा भरपर्दो र विश्वासिलो बनाउन एवं कम्पनीका आयोजनाको श्वेतपत्र जारी गर्न र समस्याको दिगो समाधानसहितको कार्ययोजना ७ दिनभित्र लागू गर्न युनियनले भनेका हुन्। ‘सुधारको पहल नगरेमा कम्पनीको रक्षार्थ हामी संघर्षमा जान बाध्य हुनेछौं’ विज्ञप्तिमा भनिएको छ। 

टेलिकमको सञ्चार सेवा अवरुद्ध हुने क्रम बढ्दै गएपछि सेवाग्राही पनि आजित भएका छन्। युनियनहरूले सेवाग्राहीले भोग्नु परेको सास्ती र कम्पनीले व्यहोरेको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। महासचिव शाहीले छानबिन समितिको प्रतिवेदन सार्वजनिक नहुँदा दुःख लागेको बताए। दोषी उपर कारबाहीमा तदारुकता नदेखाउनुले सम्बन्धित पक्षमा संवेदनशीलता, जिम्मेवारीबोध र जवाफदेहितामा कमी भएको युनियनको ठहर छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.