राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी रुपन्देही लिलाराम माध्यमिक विद्यालयलाई

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी रुपन्देही लिलाराम माध्यमिक विद्यालयलाई
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

भैरहवा :रुपन्देहीको सिद्धार्थनगर नगरपलिकाद्वारा आयोजित नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालयले चुमेको छ । यससँगै विद्यालय यो दोस्रो पटकको प्रतियोगिताको उपाधी पनि चुम्न सफल भएको छ ।

पक्लिहवा कृषि क्याम्पसको खेल मैदानमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताको विभिन्न खेलमा नौ स्वर्ण,नौ रजत र सात कास्य गरी कूल २५ पदक प्राप्तीसँगै लिलारामले राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी चुमेको रुपन्देही जिल्ला खेलकुद विकास समितीका मुख्य प्रशिक्षक उमेश थापाले बताए ।

उनका अनुसार साई ग्लोबल माध्यमिक विधालयले पाँच स्वर्ण,चार रजत ,दुई कास्य गरी कूल एघार पदकको प्राप्त गरी द्वितीय र तीन स्वर्ण,तीन रजत र पाँच कास्य गरी कूल एघार पदकसहित जेसिज माध्यमिक विद्यालय तृतीय भएको छ ।

समापन समारोहमा विजेताहरूलाई स्वर्ण,रजत र कास्य पदक सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान,उपप्रमुख उमा अधिकारी,प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले प्रदान गरेका थिए । सोही अवसरमा दोस्रो अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा सिद्धार्थनगर नगरपालिकाको कार्यालय द्वितीय भएकोमा खेलमा सहभागी कर्मचारी खेलाडी र व्यवस्थापकलाई पनि नगरपालिकाको कार्यालयले सम्मान गरेको छ ।

यस्तै मलेसियामा सञ्चालित सरावाक बोर्नियो कप इन्टरनेसनल तेकवान्दो च्याम्पियनसिपको पुरुषतर्फ ८० र ८७ केजी तौल समूह माथिको खेलमा स्वर्ण पदक सिद्धार्थनगर वडा नम्बर ८ का खेलाडीद्वय अभिषेक बराल र आशुतोष बराललाई प्रशंसा पत्रसहित सम्मान गरिएको छ ।

 कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले सिद्धार्थनगर खेलाडीको उर्वर भूमि रहेको भन्दै आफूहरूले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको र गर्दै जाने बताए । उनले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेकाले खेल क्षेत्रको विकास आवश्यक रहेको बताए ।

उनले सेवा सुविधाको अभावमा खेलाडीहरूले अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट खेल प्रर्दशन गरी राज्यको सम्मान अभिवृद्धि गर्नमा सहयोग पुर्‍याउँदै आएपनि राज्यले चाहे जति गर्न नसके पनि आफूहरूले सकेसम्म सहयोग गर्ने बताए ।


सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले प्रत्येक विधालयले खेलकुद प्रशिक्षक र खेलकुद कक्षा सञ्चालन गर्नुपर्ने बताउँदै सुधारका कार्यहरु विद्यालयले आफैबाट सुरु गर्नु पर्ने जनाइन् । उनले खेलाडीमाथि राजनीति गर्न नहुने भन्दै आफूहरूले माया गर्ने गरेको बताइन् । ‘विद्यालय आफूले गर्नुपर्ने कर्तव्य पुरा गरेर सुरुवात गरोस्, हामीले के गर्नुपर्ने हो त्यो गर्न तयार छौँ,'उनले भनिन् । 

प्रतियोगितामा छात्र–छात्रातर्फ भलिबल,कबड्डी,एथलेटिक्स र मार्सल आर्ट खेल भएको सिद्धार्थनगर नगरपालिकाका शिक्षा अधिकृत जाह्नवी पाण्डेयले बताइन् । उनका अनुसार एथलेटिक्स अन्र्तगत छात्र र छात्रातर्फ एक सय,दुई सय,चार सय, आठ सय, एक हजार पाँच सय, तीन हजार मिटर दौड साथै चार गुणे एक सय , चार गुणे चार सय मिटर रिले दौड भएका थिए ।

त्यस्तै छात्रा र छात्रा तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो,सटफुट खेल प्रतियोगिता सम्पन्न भएको थियो । यस्तै मार्शल आर्ट अन्र्तगत तेक्वान्दो खेलको छात्रा तर्फ ४२ केजी तौल समूह मुनि, ४४ केजी मुनि, ४६ केजी मुनि र छात्रतर्फ ४५ केजी, ४८ केजी, ५१ केजी तौल समूह मुनि खेल भएको थियो । सो अवसरमा प्रर्दशनको रुपमा कराँते खेल समेत भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.