प्रधानमन्त्रीलाई भेटेपछि राष्ट्रपतिको प्रस्ताव लिएर महन्थ ठाकुरको टोली बालकोटमा

प्रधानमन्त्रीलाई भेटेपछि राष्ट्रपतिको प्रस्ताव लिएर महन्थ ठाकुरको टोली बालकोटमा
सुन्नुहोस्

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। उनले आफूलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन प्रस्ताव लिएर बालकोट गएका हुन्।

उनले आफ्नो नाममा राष्ट्रिय सहमति जुटान भन्दै लबिङ थालेका छन्। मंगलबार दिउँसो ठाकुरसहितका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। उनले राष्ट्रिय सहमति गर्दा आफूहरूको समर्थन रहेको र आफूलाई साझा उम्मेदवारको रूपमा अगाडि बढाउन प्रस्ताव गरेका थिए। उनले यस विषयमा बृहत् छलफल गर्ने आश्वासन दिएका थिए। 

लोसपा नेता राजेन्द्र महतोले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा पनि स्थापित र नेपालको राजनीतिक यात्रामा अहम् भूमिका निर्वाह गरेका ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव गरेको बताए।

'प्रचण्डजीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरो गरिरहनुभएको छ। राष्ट्रिय सहमतिका लागि यसका लागि सबैभन्दा उपयुक्त पात्र महन्थ ठाकुर हुन्छ। तपाईंको यो प्रप्ता ठीक छ। कुनै दलसँग स्पष्ट बहुमत छैन। मूल्यमान्यता हिसाबलगायत सबै दृष्टिकोणले महन्थ ठाकुर राष्टपतिका लागि उपयुक्त उम्मेदवार हो,' उनले भने।

उनले यस विषयमा सबै दलसँग कुरा गरेर अगाडि बढ्ने बताए। यसै विषयमा छलफल गर्न ओ‌ली निवास आएको उनले बताए। छलफलमा ठाकुरसहित राजेन्द्र महतो, अनिल झा र सर्वेन्द्रनाथ सुक्ल र शरतसिंह भण्डारी सहभागी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.