राष्ट्रपति निर्वाचन

संकटमा प्रचण्ड

जोखिमका सम्भावित परिदृश्य के-के छन् ?

संकटमा प्रचण्ड

पछिल्लो राजनीतिक परिदृश्यमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमध्ये को ‘पछारिने’ भन्ने अनुमान गर्न गाह्रो छ। एकले अर्कोलाई बोकेर तेस्रोलाई माथ दिने रणनीतिमा तीनै जना देखिएका छन्। एमालेसँगको गठबन्धन कायम राख्ने कि कांग्रेससँग मितेरी गाँसेर पुरानो गठबन्धन बिउत्याउने ? यो निर्णय लिन प्रचण्डले सकिरहेका छैनन्।

काठमाडौं : राष्ट्रपति निर्वाचन जति नजिकिँदै छ उति अप्ठेरोमा परिरहेका छन् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। उनको पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठकले सोमबार ‘पुस १० को सहमतिको परिस्थिति फेरिएको’ निष्कर्ष निकाले पनि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भनेर निर्णय लिन सकेन। तर, उसको सन्देश थियो, ‘एमालेलाई राष्ट्रपतिमा समर्थन गर्न सकिँदैन।’

प्रचण्डबाट ‘जुनसुकै बेला पनि धोखा’ हुन सक्ने बुझेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबारै अर्को कार्ड फ्याँके, ‘एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपति उम्मेदवार।’ ओलीको यो कदमले प्रधानमन्त्री दाहाल झनै संकटमा परेका छन्। एमालेको समर्थनमा नेपाल उम्मेदवार बने कसलाई समर्थन गर्ने ? जब कि सत्ता गठबन्धन नतोडे पनि उनी कांग्रेसतिर निकट भएका छन्। nullफाइल तस्बिर।

राष्ट्रपतिको निर्वाचन परिणामले नै प्रचण्ड सत्ताको आयु निर्धारण गर्नेछ। पुस १० मा प्रचण्डलाई प्रधानमन्त्री बनाउँदाको सहमति कार्यान्वयन नगरेको भन्दै निर्वाचनपछि ओलीले ‘सत्तापलट’को खेल सुरु गर्न सक्छन्। अर्कोतिर नेपालले साथ छाडे बहुमत टिकाइरहन कठिन हुन्छ। कांग्रेसले राष्ट्रपति नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्छ। यसकारण दोसाँधमा देखिएका प्रचण्ड। 

उनले यति बेला आफ्ना दुई ‘खुट्टा’ यति बेला राजनीतिका दुई डुंगामा राखेका छन्। एमालेसँगको गठबन्धन कायम राख्ने कि कांग्रेससँग मितेरी गाँसेर पुरानो गठबन्धन बिउत्याउने ? यो निर्णय लिन सकिरहेका छैनन्।

ओलीको समर्थनमा प्रधानमन्त्री नियुक्त भए पनि मन्त्री चयनदेखि प्रचण्डको खटपट सुरु भएको थियो। आफूसँगै राख्ने भनेका गृह, ऊर्जालगायत शक्तिशाली मन्त्रालय प्रचण्डको हातबाट फुत्कियो। त्यसपछि उनी ओलीसँग झस्किए। उनले भित्रभित्रै कांग्रेससँग विश्वासको मतका लागि हात बढाए। पुस २६ मा विश्वासको मत पाएपछि परिस्थिति बदलिएको भन्दै राष्ट्रिय सहमति चाहिने भन्न थाले। 

राष्ट्रपति एमालेलाई दिए सत्ताको कमान्ड ओलीको हातमा जाने भयकै कारण कांग्रेससँग नजिकिए। कुनै पनि हालतमा ओलीले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपति नबनाउने योजनामा लागे प्रचण्ड। तर, ओलीले नेपालकै नाम प्रस्ताव गरेपछि राजनीतिक वृत्त नै तरंगित छ। 

ओलीले नेपाललाई भेटेर प्रस्ताव गरेको भोलिपल्ट अर्थात् मंगलबार एकीकृत समाजवादी नेता कृष्णकुमार श्रेष्ठसँग भेट गरेका छन्। राष्ट्रपति निर्वाचन र पार्टी एकताका विषय उनीहरूबीच एक घण्टा छलफल चलेको जनाइएको छ। श्रेष्ठ ओलीलाई भेट्न बालकोट पुगेका थिए। 

एमाले र कांग्रेससँग ‘खेलिरहेका’ प्रचण्डलाई ओलीको यो कदमले झस्काइदिएको छ। कांग्रेसलाई राष्ट्रपति दिएर एमालेलाई ‘साइजमा राख्ने’ उनको रणनीतिमा यसले धक्का दिएको छ। जता स्वार्थ मिल्छ उतै ढल्किने पाराले प्रचण्डको कुर्सी असुरक्षित हुने सम्भावना रहेको विश्लेषक बताउँछन्। 
राजनीतिक विश्लेषक डम्बर खतिवडा हाम्रो राजनीतिमा कति बेला कस्तो अवस्था आउँछ भन्ने आकलन गर्न नसकिने बताउँछन्। उनी राष्ट्रपतिको निर्वाचनले यो गठबन्धन भत्किन पनि सक्ने औंल्याउँछन्।null

पछिल्लो राजनीतिक परिदृश्यमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष दाहालमध्ये को ‘पछारिने’ भन्ने अनुमान गर्न गाह्रो छ। एकले अर्कोलाई बोकेर तेस्रोलाई माथ दिने रणनीतिमा तीनै जना देखिएका छन्। एमालेले खेलेको कार्डले प्रचण्ड र देउवालाई सशंकित बनाएको छ। देउवाले प्रधानमन्त्रीको लोभ गर्दा पुस १० मा सबै पद गुमाएका थिए। 

यो गठबन्धन बदल्न खोज्दा प्रचण्ड जोखिममा देखिन्छन्। दुई नाउमा दुई खुट्टा राख्दा १० गतेको सहमतिअनुसार आधाआधा कार्यकाल प्रधानमन्त्री हुने अवसरबाट पनि उनी बञ्चित हुन सक्छन्। पाँच वर्ष नै प्रधानमन्त्री बन्ने रणनीतिमा लागेका प्रचण्ड राष्ट्रपति निर्वाचनमा नै यताउता नहोलान् भन्न नसकिने विश्लेषक बताउँछन्। 

जोखिमका सम्भावित परिदृश्य 

  •   एकीकृत समाजवादीलाई आफ्नो पार्टीमा समाहित गर्ने योजना बनाइरहेका छन् प्रचण्ड। तर, नेपाल राष्ट्रपति बनाइए भने उनको पार्टी एमालेमा समाहित हुनेछ। त्यससँगै गठबन्धन तोडेर कांग्रेससँग मिल्न खोजेकामा प्रचण्डले छुट्कारा पाउने छैनन्। त्यसको रिस फेर्न एमाले प्रचण्डलाई ढाल्ने खेलमा लाग्नेछ। अर्कातर्फ संविधानको धारा ७६ (३)मा जान एमालेलाई बाटोसमेत खुल्न सक्छ। त्यो भनेको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा ओली प्रधानमन्त्री नियुक्त हुने अवस्था हो।   
  •   देउवा राष्ट्रपति बनेको अवस्थामा कांग्रेसमा नयाँ संसदीय दलका नेता चुनिन्छन्। जो दलका नेता निर्वाचित भए पनि प्रधानमन्त्री बन्न बल गर्छन्। त्यो अवस्थामा एमालेले नै प्रधानमन्त्रीमा प्रस्ताव गर्छ। यस हिसाबले पनि प्रचण्डलाई नै अर्को जोखिम छ। कांग्रेसबाट अरू राष्ट्रपति बने पनि देउवालाई प्रधानमन्त्री बनाउन अर्को खेल सुरु हुन सक्छ। ओलीले नै देउवामा आकांक्षा जगाइदिन मात्रै होइन, प्रस्ताव नै गर्न सक्छन्। त्यति बेला प्रचण्ड सरकारबाट बाहिरिनुपर्ने अवस्था आउन सक्छ। 
  •    नयाँ समीकरण बनाउँदा पुस १० मा राष्ट्रपति पद एमालेले पाउने सहमति भएको भनिएको थियो। माओवादीले ‘परिस्थिति फेरिएको’ निष्कर्ष निकालेको छ। यो भनेको राष्ट्रपतिमा उसले एमालेलाई समर्थन नगर्ने भन्ने हो। उक्त पार्टीले राष्ट्रिय सहमति हुनुपर्ने भन्दै निर्णय लिन अलमल गरिरहेको छ। ‘स्वार्थ मिल्ने’सँग सहकार्य गर्ने भन्न थालेको छ। यो अवस्थामा एमालेले नयाँ समीकरण बनाउन सक्ने सम्भावना पनि उत्तिकै छ। कांग्रेसलाई समर्थन गर्न सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन। त्यसले जताबाट पनि प्रचण्डलाई नै अप्ठ्यारोमा पार्ने विश्लेषक बताउँछन्। 

एमालेले नेपाललाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिएर अघि बढ्ने रणनीति बनाएको देखिएको छ। आफ्नो नहुने भएपछि कांग्रेसलाई दिन भन्दा यो विकल्प उत्तम हुने एमाले नेताको विश्लेषण छ। नेपालसँग मिल्दा प्रतिनिधिसभामा एमालेको ८९ सिट हुन्छ। जुन कांग्रेसको बराबर हो। एमालेबाटै बिद्रोह गरेर निर्वाचित योगेन्द्र मण्डल थप्दा सबैभन्दा ठूलो पार्टी बन्छ। जसबाट संविधानको धारा ७६(३) जान पनि सजिलो हुन्छ। पार्टी समाहित भएर गठबन्धन मात्रै भए पनि रास्वपा (१९), राप्रपा (१४) एमालेका साथमा छन्। जसपा (१२) र जनमत (६) थपिँदा माओवादीबाहेक नै बहुमत पुग्छ। जसपालाई उपराष्ट्रपति दिए नयाँ समीकरण अघि बढ्ने सम्भावना उत्तिकै देखिन्छ। कांग्रेस र माओवादीलाई बाहिर राखे पनि सरकार बन्ने अवस्था छ। 

पुस १० को सहमति तोडिए के हुन्छ ? 

नयाँ समीकरण बनाउँदा पुस १० मा राष्ट्रपति पद एमालेले पाउने सहमति भएको भनिएको थियो। माओवादीले ‘परिस्थिति फेरिएको’ निष्कर्ष निकालेको छ। यो भनेको राष्ट्रपतिमा उसले एमालेलाई समर्थन नगर्ने भन्ने हो। उक्त पार्टीले राष्ट्रिय सहमति हुनुपर्ने भन्दै निर्णय लिन अलमल गरिरहेको छ। 

‘स्वार्थ मिल्ने’सँग सहकार्य गर्ने भन्न थालेको छ। यो अवस्थामा एमालेले नयाँ समीकरण बनाउन सक्ने सम्भावना पनि उत्तिकै छ। कांग्रेसलाई समर्थन गर्न सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन। त्यसले जताबाट पनि प्रचण्डलाई नै अप्ठ्यारोमा पार्ने विश्लेषक बताउँछन्। 

अन्य दलका नेताको सम्भावना कति ? 

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि राष्ट्रपतिका आंकाक्षी छन्। आफ्नो प्रस्ताव लिएर अध्यक्ष ठाकुर प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन्। उनले आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेका छन्। उनको पार्टीको मतभार कमजोर रहेका कारण ठूलो दलको साथ नभएसम्म सहज भने देखिँदैन। प्रतिनिधिसभा चार सिट मात्रै लोसपाले जितेको छ। 

अर्का आकांक्षी हुन्, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई। माओवादीले नै भट्टराईलाई राष्ट्रपति बनाउने भनेर गोरखामा प्रचण्डलाई सहयोग गर्न लगाएको थियो। सामाजिक सञ्जालमा खरो प्रतिक्रिया दिइरहने डा. भट्टराई पछिल्लो दिन नरम देखिनुमा राष्ट्रपति निर्वाचन नै कारक देखिएको छ। 

स्वतन्त्र व्यक्तिको सम्भावना कति ?       

राष्ट्रपतिमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वमन्त्री नीलाम्बर आचार्यसहित विश्लेषक डा.लोकराज बराल, नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डे, पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, वरिष्ठ अधिवक्ता शम्भु थापालगायत व्यक्तिको नाम पनि आयो। साझा र गैरदलीय उम्मेदवार बनाउनुपर्ने लबिङ पनि चलेकै छ। 

प्रधानमन्त्री नै साझा गैरदलीय व्यक्तिको खोजी लागेका छन्। कांग्रेस र एमालेभन्दा बाहिरका व्यक्तिलाई राष्ट्रपति बनाउन माओवादी चाहन्छ। तर गैरदलीय व्यक्ति राष्ट्रपति बन्ने सम्भावना न्यून हुँदै गएको छ। 

गठबन्धनको सर्त लागू भए के हुन्छ ?

पुस १० को सहमति कायम रहे एमालेले प्रस्ताव गरेका उम्मेदवार राष्ट्रपति हुनेछन्। एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवासचन्द्र नेम्बाङ, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, गोमा देवकोटा, गुरु बरालसम्मको नाम चर्चामा छ। 

गठबन्धनको सहमतिअनुसार भए यिनै नेतामध्ये एक जना राष्ट्रपति बन्नेछन्। तर, यो सम्भावना घट्दै गएको छ। एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुने सम्भावना भए पनि एमालेकै व्यक्ति भने हुने कम सम्भावना छ। यो गठबन्धनमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसहित ३ स्वतन्त्र सांसद पनि छ। एमाले, माओवादी, रास्वपा, राप्रपा मिल्दा नै राष्ट्रपतिमा स्पष्ट बहुमत पुग्छ। 

एकीकृत समाजवादी नेता मुकुन्द न्यौपाने एमाले र माओवादीले फराकिलो सोच बनाएर एकीकृत समाजवादीलाई राष्ट्रपति दिनुपर्ने बताउँछन्। एमालेसँग एकता गरी एक देश एक कम्युनिष्ट पार्टी बनाउनुपर्ने उनको तर्क छ। ‘केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्र्नु गल्ती थियो। हामीले पार्टी फुटाउनु गल्ती भो’, उनी भन्छन्, ‘अब एकता गर्न पहल गरौं।’ 


देउवा राष्ट्रपति बनाइए भने...

देउवा राष्ट्रपति बनेको अवस्थामा कांग्रेसमा नयाँ संसदीय दलका नेता चुनिन्छन्। जो दलका नेता निर्वाचित भए पनि प्रधानमन्त्री बन्न बल गर्छन्। त्यो अवस्थामा एमालेले नै प्रधानमन्त्रीमा प्रस्ताव गर्छ। यस हिसाबले पनि प्रचण्डलाई नै अर्को जोखिम छ। 

कांग्रेसबाट अरू राष्ट्रपति बने पनि देउवालाई प्रधानमन्त्री बनाउन अर्को खेल सुरु हुन सक्छ। ओलीले नै देउवामा आकांक्षा जगाइदिन मात्रै होइन, प्रस्ताव नै गर्न सक्छन्। त्यति बेला प्रचण्ड सरकारबाट बाहिरिनुपर्ने अवस्था आउन सक्छ। nullफाइल तस्बिर।

देउवाको नाम पनि राष्ट्रपति उम्मेदवारका रूपमा चर्चामा छ। प्रचण्डले नै उनलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका थिए। कांग्रेसका एकथरी नेता पनि देउवालाई राष्ट्रपति बनाउन लागिपरेका छन्। यही गठबन्धन रहे पाँच वर्षसम्मै प्रधानमन्त्री हुन नपाउने अवस्थामा राष्ट्रपति हुनु उत्तम हुने सुझाव उनीनिकटले दिएका छन् । 

कांग्रेसबाट रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, मानबहादुर विश्वकर्मा पनि आंकाक्षी देखिएका छन्। पार्टीभित्र र बाहिरबाट देउवा नै उम्मेदवार हुनुपर्ने दबाबका कारण पनि निर्णय लिन ढिलाइ भइरहेको एक नेता बताउँछन्। 

कांग्रेसबाटै राष्ट्रपतिमा पौडेलको नाम अग्रपंक्तिमा छ। जसले १७ पटक प्रधानमन्त्रीमा पराजय भोगे। उनको सम्बन्ध २०७७ पुस ५ यता प्रचण्डसँग राम्रो देखिन्छ । कांग्रेसबाट पौडेल, सिटौला, श्रेष्ठ, विक जो राष्ट्रपति भए पनि देउवाको प्रधानमन्त्री हुने आकांक्षामा ‘ब्रेक’ लाग्दैन। ओलीले नै यो देउवाको यो आकांक्षा जगाइदिन सक्छन्। देउवा प्रधानमन्त्री भएर प्रचण्ड बाहिरिनुपर्ने हुन्छ। 

माधव नेपाल राष्ट्रपति बनाइए भने...

एकीकृत समाजवादीलाई आफ्नो पार्टीमा समाहित गर्ने योजना बनाइरहेका छन् प्रचण्ड। तर, नेपाल राष्ट्रपति बनाइए भने उनको पार्टी एमालेमा समाहित हुनेछ। त्यससँगै गठबन्धन तोडेर कांग्रेससँग मिल्न खोजेकामा प्रचण्डले छुट्कारा पाउने छैनन्। त्यसको रिस फेर्न एमाले प्रचण्डलाई ढाल्ने खेलमा लाग्नेछ।

अर्कातर्फ संविधानको धारा ७६ (३)मा जान एमालेलाई बाटोसमेत खुल्न सक्छ। त्यो भनेको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा ओली प्रधानमन्त्री नियुक्त हुने अवस्था हो।   

नेपालको नाम राष्ट्रपति उम्मेदवारमा एकाएक अघि आएको छ। ओली र नेपालबीच सोमबार बेलुका ८ः३० देखि आधा रातसम्म भेटवार्ता चलेको थियो। ओलीले नेपालसँग वार्ता गरी राष्ट्रपतिमा प्रस्ताव गरेका हुन्। उनले एमालेमा एकीकृत समाजवादीलाई समाहित गरे राष्ट्रपति दिने बचन नेपाललाई दिए। उनै नेपाल एमालेमा १५ वर्ष महासचिव भएका व्यक्ति हुन्। एमालेमा उनीप्रति लिगेसी पनि छ। एमाले पंक्तिमै यसलाई सकारात्मक रूपमा लिएको नेताहरू बताउँछन्। null

फाइल तस्बिर।

कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने अवस्थामा पुगेका प्रचण्डलाई नेपालको नामले अप्ठ्यारो पारेको छ। माओवादी र कांग्रेस नआउँदा पनि एमाले, रास्वपा, राप्रपाले साथ दिए नेपाल राष्ट्रपति बन्न सक्छन्। 

राजनीतिक विश्लेषक खतिवडा ओलीले साँच्चिकै प्रस्ताव गरे नेपाल राष्ट्रपति हुने सम्भावना नकार्न नसकिने बताउँछन्। ‘केपी शर्मा ओलीले सम्मानपूर्वक माधवकुमार नेपालको नाम प्रस्ताव गर्नुभयो भने यो असम्भव भने छैन’, खतिवडा भन्छन्, ‘साँच्चिकै प्रस्ताव हो भने नेपालका लागि उपयुक्त नै देखिन्छ। नेपालको लागि यो अवसर नै हुन्छ।’ 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.