प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची?
काठमाडौं : संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश हुने र सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत हुने संभावित कार्यसूची छ।
संघीय संसदको महासचिव डा.भरतराज गौतमका अनुसार बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०७९ पेश गर्नेछन्।
यस्तै कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूचीमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !