कलैया टी-२० मेयर कप क्रिकेटमा मकवानपुर र मोतिहारीको जित
![कलैया टी-२० मेयर कप क्रिकेटमा मकवानपुर र मोतिहारीको जित](https://annapurnapost.prixacdn.net/media/albums/ram_naresh_giri_LH6kSjJXUN_shROIV97qi.jpg)
सिमरा: कलैयामा जारी टी-२० मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा मकवानपुर र भारतको मोतिहारी विजयी भएका छन्। मकवानपुरले वीरगन्ज र मोतिहारीले चितवनमाथि जित हात पारेको हो।
सिद्धेश्वर खेल मैदानमा भएको पहिलो खेलमा मोतिहारीले चितवनमाथी सात विकेटको फराकिलो जित हात पार्यो। टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै एक सय ३३ रन जोडेको थियो।
चितवनका लागि बिकल गुप्ताले ३०, कुमार परियारले २४, दीपेश श्रेष्ठले २२ र गौतम केसीले २१ रजन जोडे। मोतिहारीका सकिबुल गनी र दिनेश कुमारले समान दुई–दुई विकेट लिए।
चितवनले पस्केको एक सय ३४ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको मोतिहारीले १३.५ ओभरमै जित निकाल्यो। उसका लागि सकिबुल गनीले ४० रन बनाउदा सोनु अंसारीले अविजित ४४ र अजल अंसारीले ३१ रन बनाए। चितवनका दीपेश श्रेष्ठ, क्रिजन गुरुङ र डेनिस इकबालले समान एक–एक विकेट लिए। मोतिहारीका सकिबुल गनी खेलको म्यान अफ दि म्याच घोषित भए।
यसैगरी दोस्रो खेलमा मकवानपुले वीरगन्जमाथी १६ रनको जित हात पारेको छ। टस जितेर ब्याटिङ रोजेको मकवानपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै एक सय ४२ रन बनाएको थियो।
मकवानपुरका सक्षम बस्ताकोटीले २९ र रक्षक सिंखडाले २५ रन जोडे। बलिङतर्फ वीरगन्जका सैफुल्ला अंसारी र रंजित कुमारले समान दुई-दुई विकेट लिए।
एक सय ४३ रनको लक्ष्य पछ्याएको वीरगन्ज १९.४ ओभरमा अलआउट भयो। वीरगन्जले एक सय २६ रन बनाउन सक्यो। वीरगन्जका हासिम अंसारीले ३५, सन्तोष कार्कीले २६ र अशब हुसेनले २२ रन बनाउनु बाहेक अन्य खेलाडी चल्न सकेनन्।
बलिङतर्फ मकवानपुरका रामनरेश गिरीले तीन विकेट लिदा रिजन ढकाल र शुभ कंसकारले समान दुई–दुई विकेट आफ्नो नाममा लेखाए। खेलको म्यान अफ दि म्याच मकवानपुरका रामनरेश गिरी घोषित भए।
प्रतियोगिता अन्तर्गत बिहिवार पहिलो खेलमा आयोजक कलैया क्रिकेट क्लब र मोतिहारीबीच खेल हुनेछ भने दोस्रो खेलमा वीरगन्ज र भारतको बेतिया भिड्नेछन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)