अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबारबाट काठमाडौंमा सुरु अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ । सोमबार त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा एन्फा पदाधिकारीहरुले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् ।
प्रतियोगीतामा नेपालका साथै किर्गिस्तान,म्यानमार र लेबननको सहभागीता रहेको छ । प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा खेलि शीर्ष दुई टोलीबीच फाइनल खेल हुने एन्फाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !