सातौं बागमती गोल्डकप: हानामीलाई हराउँदै एपीएफको विजयी सुरुवात

सातौं बागमती गोल्डकप: हानामीलाई हराउँदै एपीएफको विजयी सुरुवात
सुन्नुहोस्

हेटौंडा : सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत एपीएफले विजय सुरुवात गरेको छ। आइतबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा चितवनको हानामी बिएफसीलाई टाइब्रेकरमा ३-१ गोलले हराउँदै बीच एपीएफले विजय सुरुवात गरेको हो। 

निर्धारित खेल समय अवधि  गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा एपीएफका सुमन श्रेष्ठ, दिपेश धिमाल र मनि कुमार लामाले गोल गरे। बिएफसीका अमन लामाको प्रहार मात्रै गोल भए। बिएफसीका रोशन क्षेत्री र सुरेश कुमालको प्रहार एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले रोके भने विदेश खेलाडी बफरको प्रहार बाहिरियो। एपीएफका गोलरक्षक श्रेष्ठ म्यान अफ द म्याच घोषित भए। 

खेलको ६४ औं मिनेटमा एपीएफका प्रदीप लामाले रातो कार्ड पाएर बाहिरिए पनि एपीएफले निर्धारित खेल समय अवधिभरी आफ्नो दबदबा कायमै राखेको थियो। एपीएफ गत संस्करणको उपविजेता समेत हो। आगामी फागुन १२ गतेसम्म सञ्चालन हुने  प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन्। 

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँसहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.