रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। आज बिहान पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए। 
 
सत्तासीन माओवादी केन्द्रसहित आठ दलको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेको थियो। सोही अनुसार कांग्रेसको बैठकले उम्मेदवार तय गरेको हो।

कांग्रेस नेता धनराज गुरुङले पनि पौडेललाई शुभकामना दिएका छन्। उनले भने, 'नेपाली कांग्रेस कार्यसम्पादन समितिले राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आदरणीय नेता रामचन्द्र पौडेललाई उमेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ। श्रद्वेय नेता रामचन्द्र पौडेललाई हार्दिक शुभकामना व्यक्त गर्दछु।'

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा एमाले नेतृत्व गठबन्धन तोडिएको छ। राष्ट्रपतिको निर्वाचनको लागि निर्वाचनपछि बनेकाे नयाँ सत्ता समीकरणबाट  माओवादी केन्द्र, जसपा, नाउपा, जनमतले गठबन्धनबाट हात झिकेका छन्। कांग्रेससहित पुरानो पाँचदलीय गठबन्धन ब्युँतिएको छ। 

१४औं महाधिवेशनमा पार्टी सभापतिमा देउवालाई सहयोग गरेका पौडेल संसदीय दलको चुनावमा देउवाकै प्रस्तावक बसेका थिए। त्यतिबेलै पौडेललाई राष्ट्रपति बनाउने प्रतिबद्धता देउवाले जनाएपछि पौडेल प्रस्तावक बसेका थिए।

पौडेल नेपाली कांग्रेसबाट १७ पटक प्रधानमन्त्री पदमा पराजित भएका थिए। विसं २०६७ मा भएको चुनावमा उनी तत्कालीन एकीकृत माओवादीका पुष्पकमल दाहाल प्रचण्ड र एमालेका झलनाथ खनालबीच प्रतिस्पर्धा भएको थियो। जसमा उनी १७ पटक पराजित भएका थिए। 

२००१ सालमा जन्मिएका पौडेल १६ वर्षकै उमेरमा राजनीतिमा होमिएका थिए। २०१८ सालमा कांग्रेसले गरेको सशस्त्र क्रान्तिमा उनी सहभागी भएका थिए। त्यसयता विद्यार्थी अभियन्ता हुँदै उनी प्रजातान्त्रिक समाजवादी युवा लिको महासचिवसमेत भएका थिए। पछि नेबि संघमा आबद्ध भएका उनी कांग्रेसको कनेद्रीय सदस्य, महामन्त्री र निर्वाचित सांसद हुँदै उपप्रधानमन्त्री समेत बनेका थिए। 

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.