रुपन्देहीको रोहिणीमा अवैध संरचनामाथि चल्यो डोजर

रुपन्देहीको रोहिणीमा अवैध संरचनामाथि चल्यो डोजर
सुन्नुहोस्

भैरहवा : रुपन्देहीको रोहिणी गाउँपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका  अवैध संरचना भत्काएको छ। 

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको संरचना हटाउन गाउँपालिकाले आग्रह गरे पनि अटेरी गरेपछि अवैध संरचना भत्काइएको अध्यक्ष विद्याप्रसाद यादवले बताए। 

स्थानीय प्रशासनको सहयोगमा गाउँपालिकाले शनिबार रोहिणी गाउँपालिका-५ स्थित मजनु चोक (तरकुल्लाह)मा अवैध संरचना भत्काइएको हो। 

‘कुनै आग्रह पूर्वाग्रह नभई विकास निर्माण कार्यलाई अघि बढाउन र व्यवस्थित गाउँ टोल बनाउनका लागि सार्वजनिक जग्गा मिचेर बनाइएका घर, रेलिङलगायतका  संरचनाहरू भत्काइएको छ', उनले भने। 

गाउँपालिकाका प्रवक्ता वीरबहादुर क्षेत्रीले नाला सडक निर्माणमा अवैध संरचना बाधक भएको र सूचना जारी गरे पनि बेवास्ता गरिएपछि भत्काइएको बताए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले नाला सडक निर्माण लागि बजेट बिनियोजन गरिएको र बजेट कार्यान्वयनका लागि अवैध संरचना भत्काइएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.