अर्गानिक बस्तु प्रवर्द्धनमा देखिएका समस्या समाधान गर्ने प्रधानमन्त्री प्रतिवद्धता
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्गानिक बस्तुको प्रवर्द्धनमा देखिएका समस्यमा समाधान गर्ने प्रतिवद्धता जनाएका छन्। बिहीबार सिंहदरबारमा नेपाल अर्गानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाहले ऐन नियम बनाएर भए पनि अर्गानिक बस्तुको प्रवर्द्धनमा देखिएका समस्यमा समाधान गर्ने प्रतिवद्धता जनाएका हुन ।
छलफलका क्रममा संघका प्रतिनिधिहरुले अर्गानिक मलमा अनुदान, अर्गानिक बस्तु निर्यातका लागि प्रमाणपत्र जारी गर्ने, अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्गानिक संस्था बनाउनुपर्ने लगायतका बिषय उठाएका थिए ।
जवाफमा प्रधानमन्त्री शाहले निर्यातका लागि प्रमाणपत्र जारी गर्नका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्गानिक संस्था बनाउनका लागि आवश्यक ऐन कानून संशोधन र निर्माणमा लाग्न तत्काल सचिवालयलाई निर्देशन दिएको संघका अध्यक्ष दीपक प्रकाश बास्कोटाले जानकारी दिए । अर्गानिक बस्तुमा पाइरहेको अनुदान अहिले रोकिएकोमा त्यस बिषयमा पनि लिखित जानकारी गराइएको उनले बताए ।
नेपालमा उत्पादित अर्गानिक बस्तुको अन्तर्राष्ट्रिय बजारमा धेरै माग रहेकाले उत्पादन र बजारीकरणमा ध्यान दिन आफूहरुले सुझाव दिएको संघका अध्यक्ष बास्कोटाले बताए । उनले आफूहरुले राखेका बिषयमा प्रधानमन्त्री निकै सकारात्मक भएको उल्लेख गरे । प्रधानमन्त्री शाहले नेपालमा उद्योग, व्यवसाय प्रवद्र्धनका निम्ति उद्योगी–व्यवसायीसँग निरन्तर छलफल गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस !