‘नेपो बेबी’ भन्दै शिक्षामन्त्री पोखरेलविरुद्ध नाराबाजी गर्ने युवा पक्राउ
काठमाडौं : शिक्षामन्त्री सस्मित पोखरेलबिरुद्ध युवाहरुले प्रदर्शन गरेका छन् । त्रिभुवन बिश्वविद्यालयको ६७ औं वार्षिक दिवस समारोहमा सहभागी हुन कीर्तिपुर पुगेका मन्त्री पोरखेलबिरुद्ध युवाहरुले प्रदर्शन गरेका हुन् ।
‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएपछि केहि युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्नमा माग गरका छन् भने मेरिटोक्रेसी लागू गर्न समेत माग गरेका छन् । विश्व विद्यालयहरुको कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री हुने व्यवस्था समेत खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !