डडेल्धुरामा जीप दुर्घटनामा एक जनाको मृत्यु

डडेल्धुरामा जीप दुर्घटनामा एक जनाको मृत्यु
सुन्नुहोस्

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भागेश्वर गाउँपालिका-२ का ५० वर्षीय बाशुदेवी तिरुवा रहेका छन्। 

कञ्चनपुरको दैजीबाट डडेल्धुराको रुपालतर्फ आउँदै गरेको म १ ज २३८ नम्बरको जीप दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

ब्याक गर्ने क्रममा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टका बताए। जीपमा ११ जना यात्रु सवार थिए। घटनाको थप विवरण आउन बाँकी छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.